निर्वाचन आयोगले डाक्यो प्रमुख पाँच दललार्इ छलफलमा



नेपाल समाचारपत्र, काठमाडौं ।

निर्वाचन आयेगले मंगलबार प्रमुख पाँच राजनीतिक दलहरूसँग छलफल गर्दैछ । राष्ट्रिय सभा निर्वाचनका सम्बन्धमा दलहरूसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् । छलफल मंगलबार दिउसो १ बजे आयोगको प्रधान कार्यालयमा हुनेछ ।
छलफलमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपा नेपालका नेताहरू सहभागी हुनेछन् । एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बैंककमा रहेकाले एमाले उपाध्यक्ष बामदेव गौतम बैठकमा सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्