सारापोभा दोस्रो चरणमा



मेलबर्न, (एजेन्सी)
पाँच पटकको ग्रान्डस्लाम च्याम्पियन मारिया सारापोभाले अस्टे«लियन ओपनको दोस्रो चरणमा स्थान बनाएकी छन् । सारापोभाले मार्गेरेट कोर्ट एरेनामा मंगलबार जर्मनीकी टाटयाना मारियालाई सीधा सेटमा हराएर पहिलो चरण पार गरेकी हुन् । ३० वर्षीया रुसी खेलाडीले विश्व नम्बर ४७ लाई ६–१, ६–४ ले पराजित गरेकी छिन् ।

यो सारापोभाको मेलबर्न पार्कमा २०१६ पछि पहिलो खेल थियो । यही उनले क्वाटरफाइनल खेलेको खेल नै डोपिङ टेस्टमा पोजिटिभ भएको थियो । सारापोभा १५ महिना प्रतिबन्धित परेको थियो । २००८ को च्याम्पियनले खेलपछि बताइन—दुई वर्ष पछि म यहाँ फर्केको छु । त्यसैले म हरेक क्षण रमाउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्