नयाँ ग्रह प्राप्त



नासा, (एजेन्सी)
विश्वभरि फैलिएका वैज्ञानिकको सहयोगबाट गत अप्रिलमा एउटा तारालाई परिक्रमा गरिरहेको चारवटा ग्रहसहितको परिवार पत्ता लागेको थियो। उक्त बाह्य सौर्य प्रणालीको पाँचौं ग्रह पनि भएकोलगायत केही अनौठो विशेषता रहेको अनुसन्धानकर्ताले एक अखबारमा प्रकाशित लेखमा खुलासा गरेका छन्। के २–१३८ नामक उक्त ग्रहीय प्रणाली वरुणभन्दा साना कम्तीमा ५ ग्रह र तिनीहरुको आकार पृथ्वी र वरुणबीचको भएको नयाँ अनुसन्धानले देखाएको छ। ती ग्रहको कक्ष उनीहरुको मादा ताराको अत्यन्तनजिक, सूर्यबाट बुध ग्रहको भन्दा कम दूरीमा रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्