पौडलको प्रतिमा बनाइने



फिल्मकर्मी उद्धव पौड्यालको पूर्णकदको प्रतिमा निर्माण हुने भएको छ। नेपाल चलचित्र विकास कम्पनीले उनको पूर्णकदको प्रतिमा निर्माण गर्न लागेको हो।

कम्पनीको २४औं वार्षिक साधारणसभाबाट पौड्यालको प्रतिमा निर्माण प्रस्ताव सर्वसम्वतरूपमा पारित भएको कम्पनीका अध्यक्ष उज्वल पौडेलले जानकारी गराए।

एनएफडीसीको प्रेक्षालय परिसरका पौड्यालको प्रतिमा निर्माण हुने भएको हो। नेपाल सरकारबाट विशिष्ट चलचित्रकर्मीद्वारा विभूषित पौड्याल सो कम्पनीका पूर्वअध्यक्षसमेत हुन्। पछिल्लो समय राजनीतिमा सक्रिय पौडेल फिल्म निर्माण, प्रदर्शन र वितरणसँगै सञ्चार क्षेत्रमा संलग्न रहँदै आएका थिए।

पौडेल गोपीकृष्ण मुभिज, टिभी फिल्मी र रेडियो फिल्मीमार्फत चलचित्र क्षेत्रको श्रीवृद्धका लागि सक्रिय रहँदै आएका छन्। कम्पनीका अध्यक्ष उज्ज्वल पौडेलका अनुसार कम्पनीले आफ्ना व्यावसायिक रणनीति परिमार्जित गरेको छ। जसअनुरूप हाल कम्पनीमा फिल्म छायांकनका लागि ठूलो स्टुडियो, ग्राफिस र भिएफेक्सका लागि छुट्टै स्टुडियो निर्माण गरिएको छ भने ३ वटा रेड क्यामेरासहित पोस्टप्रोड्क्सनका सम्पूर्ण काम अहिले बालाजुस्थिति कम्पनीमा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्