लिली बिलीको लभ सङ सार्वजनिक



स्कटल्यान्ड र लन्डनमा समेत छायांकन गरिएको लिली बिली नामक फिल्मको गीति भिडियो सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक समारोहबीच फिल्ममा रहेको इज इट लभ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो।

यो रोमान्टिक भिडियोमा प्रदीप खड्का र जसिता गुरुङलाई फिचरिङ गरिएको छ। यसको भिडियो स्कटल्यान्ड र लन्डनमा छायांकन गरिएको छ। जसिता गुरुङले यही फिल्मबाट डेब्यु गरेकी हुन्। मिलन चाम्सको निर्देशन तथा गोविन्द शाही, सुदीप खड्का र मिलन चाम्सद्वारा निर्मित फिल्मको यो गीतमा प्रताप दास र मेलिना राईको स्वर रहेको छ भने संगीत एलिश कार्कीले दिएका छन्। कोरियोग्राफी कविराज गहतराजले गरेका छन्।

प्रदीप र जसिताका साथमा प्रियंका कार्की, अनुपविक्रम शाहीलगायतले प्रमुख भूमिकामा अभिनय गरेको फिल्ममा छायांकन सुदीप बराल र सम्पादन अर्जुन जीसीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्