नुवाकोटको तारुका र वेत्रावतीमा गोरु जुधाइयो



शालिकराम चालिसे, नुवाकोट । माघे संक्रान्तिको अबसरमा यसपटक पनि नुवाकोटको तारुका र
वेत्रावतीमा गोरु जुधाईएको छ ।

पछिल्लो १५वर्षदेखि व्यवस्थित रुपमा नुवाकोटको तारुका र आठ वर्षदेखि वेत्रावतिमामा गोरु जुधाइने गरिदै आइएको छ । मेला आयोजक गोसाईकुण्ड युवा कल्वका पुर्व अनुसार बेत्रावतिमा १० हल गोरु जुधाइएको गोसाईकुण्ड युवा कल्वका पुर्व अधयक्ष अष्टमान डंगोलले बताए ।

अघिल्लो वर्ष २० हजार भन्दा बढीले मेला अवलोकन गरेकोमा यसपटक २५ हजार भन्दा वढीको सहभागिता रहेको समेत कल्वले जनाएको छ । बेत्रावतिमा १० हल गोरु जुधाइएकोमा रसुवाका रामवहादुर पौडेल प्रथम भए भने नुवाकोट वाहुनडाँडाका चेत वहादुर न्यौपाने द्र्रोस्रो भएका थिए ।

मेलामा सहभागी मध्ये प्रथम हुने गोरु धनीलाई तीन हजार रुपयाँ, दोस्रो हुनेलाई दुईहजार ५ सय रुपयाँ र गोरु सहभागी गराए वापत सहभागी सवैलाई एकहजार पाँचसय रुपैयाँ प्रदान गरिएको पुर्व अधयक्ष अष्टमान डंगोलले बताए ।

विदुर नगरपालिका वडा नंं. १० स्थित नुवाकोट र रसुवाको सीमामा रहेको वेत्रावतीको ढाँडेवगरमा नेपाल भोट युद्धमा सम्झौता भएको सम्झना स्वरुप हरेक वर्ष माघ १ गते गोरु जुधाई गरेर रमाईलो गर्ने प्रचलन रहिआएको छ ।
मेलामा राष्ट्रिय कलाकारहरु ध्रुव तामाङ, आरसी तामाङ, राज न्यौपाने र द व्ल्याक स्टोन व्याण्डको समेत विशेष प्रस्तुती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्