उच्च हिमालि भेगका बिधयालयमा जाडो बिदा



नेपाल समाचारपत्र, मुगु ।

मुगु जिल्लाको पुर्वीकरान भेग तथा मुगुमकामारोङ्क गाउँपालीकाम रहेका बिद्यालय बन्द भएका छन । शिक्षा नियमवालीमा उल्लेख गरी करान भेगामा चिसो समयमा बिद्यालय बन्द गर्ने निर्णय भए संगै बिद्यालय आजभोली बन्द भएका हुन ।

बिद्यालय पुस १० गते बाट बन्द भएका र बन्द भएका बिद्यालय माघको २५ गते पछी मात्र खुल्ने जिल्ला शिक्षाकार्यलय मुगुले जनाएको छ । मुगुको सोरु, खत्याड,र गम भेगको तुलानामा करान भेगमा अत्याधिक चिसो हुने भएकाले बर्ष्नि पुस महिना बाट बिद्यालय बन्द गरीने बताईएको छ ।

करान भेगमा १ माध्यामिक बिद्यालय ४ निमाबि बिद्यालय र १२ प्रथामिक बिद्यालय गरी १७ बिद्यालय रहेका भएपनी चिसोले सबै बिद्यालय बन्द भएका जिल्ला शिक्षा कार्यलय मुगुका जिल्ला शिक्षा अधिकारी धनशुर्दन चौलागाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुगु जिल्लाका खत्याड,सोरु र गमभेगका बिद्यालयहरु ४५ दिन गर्मि बिदा गरीने भएको भएपनी करान भेगमा गर्मि बिदा नगरीने र चिसो बिदा गरीने जिल्ला शिक्षा अधिकारी चौलागाईको भनाई छ । बिद्यालय बन्द भए संगै बिद्यार्थी चिसो छल्न भन्दै हुने खाने सदरमुकाम गमगढी जुम्ला लगायत नेपालगञ्ज काड्माडौ झरेका छन भने गरीब घरपरिवारका बिद्यार्थी घर भन्दा ३,४ घण्टा तल अस्थाई बसोबास गरी बस्ने गरेका छन ।

कोहि बिद्यार्थी बिद्यालय बन्द भएसंगै बिद्यार्थी अबिभाबक संग ब्यापारको शिलशिलामा चाईनाको बउडर लगायत देशका बिभिन्न शरमा समेत जाने गरेका मुगुमकामारोगङ्ग गाउँपालीका च्यावालामाले बताउनु भयो , उहाँले भन्नुभयो करानभेका बिद्यार्थी चिसोमा चिसोले पढ्न नसक्ने गर्मिमा यार्सालगायतका जडीबुटी संकलन गर्न जाने गर्नाले खासै पढ्ने अबसर पनी नमिल्ने र बिद्यार्थीको पढाई राम्रो नहुने लामाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्