परिवर्तन प्रयास अस्विकार



मस्को, (एजेन्सी)
रुसले इरानको परमाणु सम्झौताको समीक्षाका विषयमा अमेरिकाले अगाडि सारेको धारणालाई अस्वीकार गरेको छ। उक्त सम्झौतालाई रद्द गर्ने कुनै पनि प्रयासलाई रोक्नका लागि यथासंभव प्रयास गर्ने रुसले जनाएको छ। रुसका विदेश मन्त्रीले इरान परमाणु सम्झौतामा परिवर्तन गर्न आफ्ना युरोपेली सहयोगीसँगको वार्ता आयोजना गर्ने अमेरिकाको घोषणाबाट रुस चिन्तित रहेको बताए। उनले ती वार्ताले परमाणु सम्झौता र त्यसको सम्पूर्ण स्थितिमा रुसको धारणामा कुनै परिवर्तन नहुने बताए। सन् २०१५ मा इरान र रुस, फ्रान्स, चीन, बेलायत, अमेरिका र जर्मनीले हस्ताक्षर गरेको सम्झौतालाई संशोधन गर्न नसक्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्