यामाहाको राइड आउट सम्पन्न



काठमाडौं, (नेस)
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो उत्पादन यामाहा एफजी२५ का राइडरहरूका लागि पहिलोपटक ‘एड्भेन्चरस’ तथा रोमाञ्चक ‘राइड आउट’ आयोजना गरेको छ।‘सँगै हाँकौं, सम्बन्ध झन् बलियो बनाऔं,’ नारा रहेको यो राइड काठमाडौंस्थित जेनेसिस क्याफेबाट शुरू भएर धुलिखेलसम्म पुगेको थियो।

पाँच समूहमा विभाजन गरिएका २५ जना एफजी २५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’ लगायतका सामूहिक टास्क दिइएको थियो। यामाहाको ‘राइड आउट’मा राइडर समिर राना ‘अल्टिमेट स्ट्रिट फाइटर’ घोषित भए।

‘भविष्यमा हामी यस्ता धेरै इभेन्टको आयोजना गर्नेछौं जसले राइडरसँग हाम्रो सम्बन्धलाई बलियो र न्यानो बनाउनेछ,’ एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भन्नुभयो, त्यसैगरी, नेपाली राष्ट्रिय क्रिकेटर तथा यामाहाका ब्रान्ड एम्बेसडर शरद भेषावकरले आफू पनि एफजी२५ को ‘प्राउड राइडर’ भएको बताउनुभयो। ‘म यो बाइकको पर्फोमेन्सदेखि निकै सन्तुष्ट छु। म हरेक बाइकप्रेमीलाई एक पटक एफजी२५ ट्राई गर्न आग्रह गर्छु,’ उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्