सामाजिक सुधार



ट्युनिस, (एजेन्सी)
केही दिनदेखि विपक्षी राजनीतिक पार्टीहरूबाट भइरहेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै आइतबार ट्युनिसियाली सरकारले थुप्रै सामाजिक सुधारका कार्य गर्ने घोषणा गरेको छ। हिजो राष्ट्रपति जिने अल–अवाइडाइन बेन अलीलाई अपदस्थ गरिएको सातौं वार्षिकीको अवसरमा प्रदर्शन भएको छ। सो प्रदर्शनको कारण सरकारको आपतकालीन बैठक बसेको थियो। प्रदर्शनको क्रममा आठ सयजनाभन्दा बढी व्यक्ति पक्राउमा परेका थिए। राष्ट्रपति बेजी काइद एस्सेब्सीको हिजो राजधानी ट्युनिसको प्रदर्शन प्रभावित एउटा जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको थियो।

प्रतिक्रिया दिनुहोस्