रेखा बालविवाहविरुद्ध जागृत गराउन लमजुङमा

लमजुङ, (नेस)। नायिका रेखा थापाले लमजुङमा बालविवाहविरुद्ध सचेतना जागृत गर्न बालबालिका, अभिभावक र शिक्षकसँग छुट्टाछट्टै भलाकुसारी गरेकी छन्। यसबारेको सचेतनाका लागि लमजुङ आएकी उनले सोही कार्यक्रमअन्तर्गत ती तीन समूहका बीचमा आफूलाई दिनभर व्यस्त राखिन्।

बेंसीशहर नगरपालिका–१ उदिपुरस्थित जनकल्याण माविमा आयोजित कार्यक्रममा उनले सरोकारवालाहरूलाई अभिमुखीकरण गर्दै बालविवाहका कारण बालबालिकाको भविष्य अन्योल र अन्धकारमय हुने भएकाले बालबालिका स्वयं सचेत हुन आग्रह गरिन्। कलिलै उमेरमा बालबालिकाको विवाह हुँदा त्यसले उनीहरूको शारीरिक, मानसिक, शैक्षिक, सामाजिक र आर्थिक क्षेत्रमा नकरात्मक प्रभाव पर्ने भएकाले सानो उमेरमा विवाह गर्न नहुनेबारे सचेत गराइन्। बेंसीशहर–१ को उदिपुरस्थित जनकल्याण मावि र सुन्दरबजार नगरपालिका–९ को भोटेओडारस्थित भक्ति नमुना माविमा नायिका थापाले बालविवाहविरुद्ध सचेतनामूलक प्रशिक्षण दिएकी थिइन्। बालविवाहविरुद्धको अभियानकी अभियान्ता थापालाई छोरीका निम्ति स्वर्णिम भविष्य नेपाल महाअभियान, बालविवाहविरुद्ध संकल्प यात्राअन्तर्गत लमजुङ ल्याइएको हो। सिनेमा हलको पर्दा वा टेलिभिजनमा मात्रै देखिएकी नायिका थापालाई एक्कासी आफ्नो स्कुलको खेलमैदान पाउँदा विद्यार्थी हर्षित भएका थिए। एक्कासी हर्ष एवं उमंगले चकित भएका उनीहरूले एकाएक उनलाई घेरा हाल्न पुगे। माथिल्लो कक्षाका ठूला विद्यार्थीले खल्तीबाट मोबाइल झिकेर भटाभट सेल्फी खिच्न भ्याए भने साना विद्यार्थी दंग परेर हेरिरहे।

विद्यार्थी तथा शुभचिन्तकको भीडभाड छिचोल्दै खेलमैदानको छेवैमा निर्मित मञ्चमा पुगेकी नायिकाले रमाइला र चलचित्र क्षेत्रका रंगीन विषयमा केही भन्लिन् भन्ने लख काटेका थिए। तर, माइक्रोफोन समाएर शिक्षक, विद्यार्थी र अभिभावकलाई सम्बोधन गर्दै उनले बालविवाहविरुद्ध प्रवचन दिएपछि भने सबै जना मुखामुख गरेका थिए। २१औं शताब्दिमा पनि बालिका छाउगोठमा मर्नुपर्ने, पढाइबाट वञ्चित हुनुपर्ने, घरधन्दामै भुल्नुपर्ने, कलिलै उमेरमा विवाह गरेर पारिवारिक बोझ थाम्नुपर्ने, हेपिनु, चेपिनु र जबरजस्ती करणीको शिकार बन्नुपर्ने अवस्था रहेकाले आफू यो अभियानमा सहभागी भएको उनले बताइन्। नवनिर्वाचित प्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र सामाजिक अगुवाहरूका बीच उचित समन्वय गरेर अघि बढेमा केही वर्षमा बालविवाह, लैंगिक हिंसालगायतका विरुद्ध उपलब्धिमूलक काम गर्न सकिनेमा नायिका थापाले जोड दिइन्। ‘म मेरो देशमा विशेष गरी छोरीहरूको सुनौलो भविष्य र उनीहरूमा सबैखाले सुरक्षाको ग्यारेन्टी खोज्दै छु’, उनले भनिन्– ‘बालविवाह रोक्न सकियो भने मात्रै उनीहरूको भविष्य उज्यालो हुन्छ भन्नेमा म विश्वस्त पनि छु।’ उनको प्रशिक्षणपछि आफूभित्र बेग्लै आँट र विश्वास पलाएको जनकल्याण मावि कक्षा ८ की छात्रा रमा अधिकारीले बताइन्। ‘पढाइ नै मुख्य कुरा हो’, उनले भनिन्– ‘तर के गर्नु, पढ्ने उमेरमा विवाह गरेर पठाउने चलन अझै पनि हाम्रो गाउँ–घरमा छ।’

उता, भक्ति नमुना मावि कक्षा १२ की छात्रा सुनीता थापाले पनि नायिका थापाको प्रशिक्षणपछि छोरीहरू शारीरिक, मानसिक, शैक्षिकरूपमा सक्षम भएमा पारिवारिक जीवन राम्रोसँग अघि बढाउन सक्ने विषयमा आफूले वकालत गर्ने बताइन्। बालबालिकाको क्षेत्रमा क्रियाशील ग्रामीण सामुदायिक विकास केन्द्र ्र(आरसीडीसी) का निर्देशक राजेन्द्र बोहरा आफूहरूले बाल संरक्षणका विभिन्न कार्यक्रममार्फत बालबालिकालाई जानकारी गराए पनि अभिभावकसम्म ती विषयवस्तु प्रभावकारी ढंगले लैजान नसकेको स्वीकार गर्दछन्।

प्रतिक्रिया दिनुहोस्