कोलम्बियाली ईएलएन समूहद्वारा अपहरण



बोगोटा, (एजेन्सी)
कोलम्बियाको अन्तिम लडाकू समूह इएलएनले सरकारसंगको शान्तिवार्ता भाँडिनुका साथै युद्धविरामको म्याद समाप्त भएपछि एकजना तेल कामदारको अपहरण गरेको छ। प्रहरीले भेनेजुयलाको सिमान नजिकको साराभेना स्थित एउटा कार्यालबाट ती व्यक्तिलाई आइतबार अपहरण गरिएको पुष्टि गरेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस कोलम्बियाको भ्रमणमा रहेको बेला यो घटना घटेको हो। अन्य आक्रमणको कारण गतसाता सरकारले इएलएनसंगको शान्ति वार्ता तोडेको थियो। महासचिव गुटेर्रेसको कोलम्यिाली राष्ट्रपति हुवाँ म्यानुयल सान्तोस र कोलम्यिास्थित संयुक्त राष्ट्र संघीय मिसनका सदस्यहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

इएलएनसंगको शान्ति वार्ता पुनः इक्वेडरमा शुरू गर्ने योजना बनाइएको थियो। तर एउटा पाइ लाइन नौसैनिक अखडामा इएलएनले गरेको आक्रमणको कारण र युद्ध विराम बिस्तार गर्ने सहमति बनिसकेको थिएन। राजनीतिक विशलेषकहरूले संयुक्त राष्ट्रसंघको दबाबका बाजुद पनि यो समस्यामा कुनै परिवर्तन नआउने अनुमान गरेका छन्।

सन् २०१६ को नोभेम्बरमा सबैभन्दा ठूलो लडाकू समूह रिभुलुस्नरी आम्र्ड फोर्सेज अफ कोलम्बिया (फार्क) संग सरकारको शान्ति सम्झौता सम्पन्न भइसकेकाले इएलएनसंगको सहमतिसंगै कोलम्बियाको सम्पूर्ण द्वन्द्व टुंगिने आशा गरिएको हो।

प्रतिक्रिया दिनुहोस्