‘धूवाँधूलो नियन्त्रण गर्नू’



काठमाडौं, (नेस)
सर्वोच्च अदालतले धूवाँधूलो, प्रदूषण नियन्त्रण गर्नका लागि आइतबार परमादेश जारी गरेको छ। न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशमशेर जबराको संयुक्त इजालासले सो परमादेश जारी गरेको हो।

वातावरणीय विकास तथा संरक्षण कानून मञ्चका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले पुस १० गते विपक्षिको नाममा परमादेश जारी गर्न माग गर्नुभएको थियो। निर्माण कार्य अघि बढाउँदा बाताबरण प्रदुषण बढेकाले फोहरमैला हटाई सडक सफा राख्नु भन्ने विपक्षीको नाममा परमादेश जारी गर्न माग गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्