गाउँपालिका अध्यक्षसहित ६ को मृत्यु



इन्द्र गिरी, संखुवासभा
संखुवासभाको भोटखोला गाउँपालिकाको पाथीभराको समाटार भीरमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्षसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। बा५च १३०९ नम्बरको जिप मकालु गाउँपालिका–३ समाटारमा आइतबार दिउँसो दुर्घटना भएको थियो।

दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, समाजशास्त्री अर्जुन बस्नेत, भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका इन्जिनियर सुदीप ढकाल, जिल्ला समन्वय समिति संखुवासभाका सूचना अधिकृत सुभासचन्द्र कुइँकेल, पाथीभरा हेदांनाका एमाले नेता सुरेश राई र चालकको घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो।

दुर्घटनामा परेका गाउँपालिका अध्यक्ष कटुवाल र पाथीभराका राईको शव आफन्तले बुझेका छन् भने अन्य ४ जनाको शव जिल्लाको सदरमुकाम खादबारी ल्याइएको छ। दुर्घटनामा परेका ६ जनाको शव भीरबाट निकाल्न करिब ३ घण्टा लागेको थियो।

गाडी अति विकट भिरबाट करिव ५ मिटर तल अरूण नदी बगरमा खसेको र दुर्घटनामा परेका सवै जनाको सव जिपको झ्याल काटेर उनीहरूको शव झिकिएको प्रहरी निरिक्षक बेदप्रसाद गौतमले बताउनु भयो।

उहाले दुर्घटनाको जानकारी पाउन साथ प्रहरी टोली घटना स्थलमा पुगेका र स्थानियवासी र प्रहरीको टोलीले मृतकको सव निकालीएको बताउनु भयो दुर्घटनामा परेका सवैको सव क्षत विक्षत अवस्थामा रहेको बताउनु भयो। उहाले दुर्घटना सडक साघुरो र चिप्लीएर भिरबाट खसेको हुन सक्ने आशंका गर्नु भयो। प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार सदरमुकाम खाँदबारीबाट चिचिला गाउपालीका र मकालु गाउ पालीकामा भुकम्पीय एक दिने अनुशिक्षण कार्यक्रम सकेर भोली सोमवार भोटखोलाको गोलामा कार्यक्रम सञ्चालनकालागी जादै गर्दा दुर्घटना भएको बताउनु भयो।

उहाले भुकम्प पुननिर्माण सम्बन्धि तालिम दिन उनीहरू काठमाडौबाट जिप लिएर संखुवासभा आएका थिए। जिप स्थानीय विकास मन्त्रालय अन्तरगत भुकम्पीय आवास पुन निर्माण आयोजनाको रहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भयो। घटनास्थल सदरमुकाम खाँदबारीबाट करिव ७० किलोमिटर उत्तरमा रहेको छ। यो सडक खण्डमा करिव २ महिना अघिमात्र ट्रयाक खोलिएको सडक कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्