काठमाडौँ महानगरका इन्जिनियर घुस लिँदालिँदै समातिए



सुरेश तामाङ,काठमाडौं ।
काठमाडौँ महानगरपालिका भवन निर्माण इजाजत शाखाका इन्जिनियर सुशील चापागाईंलाई अख्तियार टोलीले घुससहित पक्राउ गरेको छ । उनलाई घुसवापतको १० हजार रुपैयाँसहित पक्राउ गरिएको हो ।

उनले भवन निर्माण प्रमाणपत्र दिनका लागि घुस मागेको र अख्तियारको टोलीद्वारा कार्यकक्षमै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्