रुरु क्षेत्रको महत्व माघे सक्रान्ती मेला, नायिका देखि गायिकासम्मको जमघट



अनिल खत्री, गुल्मी ।
तिन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम रुरु स्थित रिडीमा यस वर्षको मागे सक्रान्ती मेला बिबिध कार्यक्रमको तयारी पुरा भएको छ । बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि रुरु फ्रेण्ड क्लवको आयोजना र रुरु स्थित आदा दर्जन भन्दा वढी संघ सस्थाको संयोजनमा माघ १ गते देखि ५ गते सम्म बिबिध कार्यक्रमको आयोजना गरिएको रुरु फ्रण्ड क्लवका अध्यक्ष रामलाल बिश्वकर्माले जानकारी दिए ।

बिगतका वर्षहरुमा भन्दा यस वर्ष कार्यक्रम अझ प्रभावकारी र केहि कार्यक्रमहरु समेत थप गरिएको अध्यक्ष बिश्वर्काले बताए । यसवर्ष मेला समितिले व्यबसायी को सुबिधा लाई ध्यान मा राख्दै आफै स्टल निर्माण गरि व्यापारी लाई दिने भएको छ । फेन्सी को व्यापार गर्नेको लागि प्रती स्टल पाँच नौ हजार र होटल ब्याबसायी को लागि प्रती हात चार सय का दर ले जग्गा उपलब्ध गरायको छ । यो बिगत को बर्ष भन्दा अझ सस्तो र सुबिधा जनक हो ।
अध्यक्ष बिक का अनुसार मेला ब्याबस्थित गर्न बगरमा धेरै धुलो हुने भएकोले भुइँमा बालुवा र गिट्टी बिछ्याइने र प्रत्येक दिन ट्याङ्कर बाट पानी छर्कने ब्याबस्था मिलाइने भएको छ । यस क्षेत्रमा आउने तिर्थालु लाई सुबिधा जनक स्नान एव दर्शन गर्न को लागि कालीगण्डकी नदिमा डोजर लगाइ सफा गरि,सम्मो पारिएको छ । साथै गण्डकी किनार मा बास गाडी कपडा झ्न्ड्याउने ब्याबस्था मिलाएको छ । श्रर्दालुहरुको स्नान पछि लाइन बद्ध रुपमा लामाचौपारी को बिष्णु मन्दिर,ऋिषकेश मन्दिर,भृगुतुमेश्वर महादेव को दर्शन गर्न सक्ने छन् ।

दर्शन पछि टाढा बाट आउने दर्शनाथी को लागि रुरु क्षेत्र बिकास समितिले निशुल्क खानपानको ब्याबस्था मिलाएको छ । चहाना हुने ले जहाँ निशुल्क रुपमा दैनिक (पाँच दिन) दाल भत तर्कारी खान सक्ने छन । त्यसै गरि मेला अबधी भर च्युरेकी युवा हरु को विशेष पहलमा पुरातात्त्विक बस्तु को फोटो प्रदर्शनी हुने भएको छ । जुन रुरु खेल मैदान को गेट मा स्टल बनाइने भएको छ । जहाँ रुरु क्षेत्र को महत्त्व र इतिहास झल्कने बस्तु हरु हुने छन् ।

कृषि प्रदर्शनी ,र्या्फ्टिङ्ग,बाट पाँच दिन सम्म भरपुर मनोरञ्जन लिन सकिने छ । मेला भर्न प्रतेक बर्ष रुकुम ,रोल्पा,जुम्ला र सल्यान बाट राडिपाखी को व्यापार गर्न हिन्दै आउने गर्दछन् । उनिहरुको सुबिधा लाई ध्यान दिँदै उनिहरु लाई मैदान को गेट को दायाँ तर्फ निशुल्क रुपमा जग्गा उपलब्ध गराइएको क्लवले जनाएको छ । मेला मा हुन सक्ने सम्भाब्यता लाई मध्यनजर गर्दै समिती,स्थानिय र फ्रेण्डस क्लब र प्रशासन को बैठक ले मेला अबधि भर मधिराजन्य बस्तु लाई प्रतिबन्ध लगाइएको छ ।

गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडी ऐतिहासिक क्षेत्र रुरु बृहत सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरु नायिका प्रीयङ्का कार्की को विशेष प्रस्तुती रहने छ । यसका साथै दर्जनौ कलाकरहरु पशुपती शर्मा ,शिरिष देवकोटा ,पृती आले, बैकुन्ठ महत, पुष्कल शर्मा, लक्ष्मण खड्का, हास्यकलाकार राजा राजेन्द्र ,दैनिक रुरुकला केन्द्रको प्रस्तुती,शशी रावल, शिलु भट्टराई, नारायण बिपि परियार ,बिष्णु श्रीपाली,कलाकार दान वीर,पवन परियार,नन्दु परियार, प्रेम लामिछने ,मन्जुथापा,माग्ने बुढा, नारयण भण्डारी, शुन्दर भण्डारी, पुर्खे बा, आयुष्माजोशी ,नबिन पौडेल,३सम्झना भण्डारी र अन्य थुप्रै कलाकार को प्रस्तुती रहने आयोजकले जनाएको छ ।

सांस्कृतिक कार्यक्रम बाहेक मतकुवा, वाल उड्यन, पिङ्ग,कालि गण्डकीमा यापटीङ्ग, कृषि मेला प्रर्दशनि, स्थानिय तिन जिल्लाका बिभिन्न संस्कृति झल्कने नाच गान तथा स्थानिय भेसभुसा झल्कने नाच सगै बिभिन्न जातिले तयार पारेका परिकारहरु पनि मेलामा राखिने रुरु फ्रण्ड क्लवका अध्यक्ष बिश्वकर्माले जानकारी दिए । क्लवले यतिबेला तयारीलाई तिब्र पार्नको लागी आर्थिक तथा मेलाको लागी सबै तयारीको लागी काम गरि रहेको पुर्व अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिनुभयो ।

गुल्मीको ऐतिहासिक क्षेत्र रिडीमा माघे सक्रान्ती सगै एकादसी, साउने सक्रान्ती, असारे एकादसी, भदौरे कृष्ण अष्ठमी, कात्र्तिके ठुला एकादसी लगायतका पर्वहरुमा मेला तथा यस क्षेत्रमा नुहाउने तथा पुजा आजा गर्ने प्रचलन छ । गुल्मी,पाल्पा, स्याङ्गजाको संगमस्थल रिडी नेपालकै चार धाम मध्येको एक धाम मानिन्छ यस क्षेत्रमा प्राचिन समयमा देबदत्त रिषीले तपस्या गरेको धार्मिक मान्यता छ ।

सोहि धार्मिक मान्यता अनुसार यस पबित्रधाम रिडीमा नुहाउने तथा पुजा आज गर्नाले पितृ रिण, देव रिण तथा रिषी रिण पुरा हुने धार्मिक प्रचलन छ । यहि धार्मिक प्रचलन र मान्यता अनुरुप यस क्षेत्रमा माघे सक्रान्ती तथा बिभिन्न समयमा हुने मेलाहरुमा नुहाउने तथा पुजा आजा गर्ने भत्तजनाको घुईचो लाग्ने गर्दछन । रुरु क्षेत्रको रिषीकेश मन्दीरमा नेपालकै सबै भन्दा ठुलो भगवानको मुर्तीपनि रहेको छ ।

रिडी क्षेत्रको महत्व के हो ?

पौराणिक काल देखी पवित्र तिर्थस्थलको रूपमा परीचित रुरुक्षेत्र(रिडी) गुल्मी पाल्पा र स्याङ्जा जिल्लाको माझमा रहेको छ् । पश्चिम नेपालको ब्यापारीक राजधानी बुटवल देखी करीब ७० किलोमिटर उत्तरमा अबस्थित यो क्षेत्र गुल्मी जिल्लाको मुलद्वार हो । तिरबाट पहाडै पहाडले घेरीइ बिचमा समथर जमीन रहेकोले यस्को प्राकृतिक बनावट उपत्यका जस्तो देखिन्छ ।

यो ठाउँमा सडक मार्ग भएर काठमाडौं बुटवल तान्सेन हुँदै आउन सकिन्छ । पक्की सडक,सन्चार,बिद्युत, होटल ,शिक्षा तथा मनोरन्जन लगायतका सम्पूर्ण सुबिधाहरूले यो ठाउँ सुगम बनेको छ । कालीगण्डकीको तटमा अबस्थित यो ठाउँमा ०१८ सालमा आएको भिषण बाढीले रिडी बजारलाई पुरै ध्वस्त बनाएको थियो । जस्को कारण यहाँका एतिहासिक तथा धार्मिक महत्वका सम्पदाहरू सहीत ठुलो धनजनको क्षती हुन पुग्यो ।

सो महाबिनास पछी बनेको नयाँ घरहरू,मन्दिर,पाटी,पौवा तथा बगैचाहरूले यो ठाउँलाई ब्यबस्थित बनाउनुका साथै यस्को सौदर्यता समेत थपेको छ् । कालिगण्डकिको किनारामा अबस्थित रुरुक्षेत्रको महिमा पुराण तथा शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ । बराह पुराणमा रुरु क्षेत्रको पौराणिक इतिहासको बर्णन गरिएको छ्,भने स्वस्थानी किताबमा पनि यसै स्थान(भिर्गुतुङेश्वर)मा सतीदेवीको दन्त पतन भएको उल्लेख गरिएको छ् । त्यस्तै हिन्दू धार्मिक मान्यता अनुसार नेपालमा चार वटा धार्मिक क्षेत्रहरू रहेका छन ति क्षेत्रहरू (रुरुक्षेत्र,बराहक्षेत्र,पाशुपतक्षेत्र र मुक्तीक्षेत्र) मध्येको एक क्षेत्र रुरुक्षेत्र पनि हो ।

यो ठाउँलाई नेपालको बनारसको रूपमा पनि चिन्ने गरिन्छ। बिदेशी बिद्वान पर्सिवल ल्यान्डनले ‘नेपाल’ नामक पुस्तकमा बनारसमा उपलब्ध सम्पूर्ण विशेषताहरू रुरुक्षेत्र सँग मेल खाने भएकोले यसलाई बनारस सँग तुलना गर्दै ‘नेपालको बनारस’भनी टिप्पणी गरेका छन् । हिन्दूहरूको लागि यो क्षेत्र पवित्र घाट पनि हो। त्यसैले देशको बिभिन्न भुभागबाट मानिसहरू दाह संस्कारका लागि यहाँ आउने गर्छन् । धार्मिक मान्यता अनुसार रुरुक्षेत्रमा देहत्याग गरीएमा मुक्ती पाइन्छ भन्ने विश्वाश रहेको छ्। भगवान बिष्णुको प्रतिक मानिने शालीग्राम पनि यहाँ पाउन सकिन्छ। त्यसैले यो क्षेत्र शालग्राम क्षेत्रको रूपमा पनि परीचित छ। यहाँ चक्र तथा बिभिन्न आकारको दुर्लब शालिग्रामहरू पाइन्छ । त्यस्तै यहाँ बर्ष भरीमा थुप्रै मेलाहरू लाग्ने गर्दछ ।

मुख्यत यहाँ माघेसंक्रान्ती तीन दिन र ऋशिकेश उत्सब २ दिन ठुलो मेला लाग्ने गर्दछ । साथै बर्ष भरीको औंशी,पुर्णिमा,ग्रहण तथा बैशाख महिनाको प्रत्येक शनिबार यहाँ मेला लाग्ने गर्दछ । एक कोषिय परीधीमा सिमित भएर पनि यहाँ करीब ४० भन्दा बढी मन्दिरहरू रहनु यो क्षेत्रको ठुलो विशेषता हो। यहाँ रहेको ऋशीकेश मन्दिर नेपालकै सुप्रशिद्ध मन्दिरहरू मध्येको एक मानिन्छ जुन बिश्वो सम्पदा सुचीको लागि मनोनयमा समेत परेको छ ।

यिनै भगवान ऋषीकेशको बिराजमान,कालिगन्डकीको बहाव तथा शालिग्रामको उपलब्धता जस्ता त्रैआयामिक विशेषताहरूको संगम रहनाले रुरु क्षेत्रको बिशिस्ट किसिमको धार्मिक पहिचान बनेको छ । यो क्षेत्र धार्मिक स्थल मात्र नभएर यो भेगको मुख्य ब्यापारिक केन्द्रबिन्दु पनि हो। प्राचिनकाल देखीनै यो गुल्मी ,पाल्पा ,स्यङ्जा ,अर्घाखाँची , बाग्लुङ ,रुकुम र रोल्पा लगायत अन्य आसपासका जनताहरूको ब्यापारिक केन्द्रबिन्दु रहदै आएको छ ।

यहाँ सडक यातायातको सुबिधा हुनु पुर्ब पनि मानिसहरू आफैले बोकेर तथा खच्चडको माध्याम बाट सामानहरूको ढुवानी गर्दथे । प्राचिनकालमा भोट,नेपाल उपत्यका तथा मधेस आउन जानको लागि यो ठाउँ पायक पर्द्थियो । गुल्मी जिल्लाको प्रबेश द्वार रहेको यो ठाउँ भएरनै अर्घाखँची,बाग्लुङ र स्याङ्जा जिल्ला लाई सडक यातायातले जोडेको छ् । यहाँ रहेको प्राकृतिक श्रोत साधन जल,जंगल,जमीन तथा खनिज पदार्थहरूको उच्चतम प्रयोग गरी यहाँ उध्योग धन्दा सन्चालन गर्न सकिने प्रचुर सम्भावना रहेको छ ।

हाल देशले चरम उर्जा संकट बेहोरीराखेको अवस्थामा यहाँ खेर गएको खोलाको पानी बाट २दशमलव ४ मेघावाट बिद्युत उत्पादन गरी यो क्षेत्रलाई लोड सेडीङ मुक्त क्षेत्र बनाइएको छ । यहाँको अर्को विशेषता भनेको एतिहासिक पक्ष हो । धेरै पहिले देखीनै यो ठाउँ उच्च पदस्त ब्यक्तित्वोहरूको गन्तब्य रही आएको पाइन्छ । यहाँको इतीहासमा पाल्पाली राजा मणीमुकुन्द सेन,भिम्सेन थापा,जंग बहादुर राणा तथा राजामहाराजाहरूको प्रमुख गन्तब्य रहेको पाइन्छ । साथै भिम्सेन थापाले यो ठाउँमा एउटा मन्दिर र पौवा समेत बनाएका छन् ।

त्यस्तै श्री ३ जुद्ध शम्शेर राणाले यो क्षेत्रमा कल्पबास बस्न आएका थिए । त्यही कल्पबास बस्ने प्रायोजनको लागि उनले अर्गलीमा दरबार बनाएका थिए जुन अहिले पनि बिद्यमान छ । साथै यहाँ राज परिवारको कुनै पनि सद्स्यको देहाबसान पछी तिनीहरूको अस्तु सेलाउने परंपरा समेत रहेको छ । नामाङ्कन – रुरुक्षेत्र यो ठाउँको पौराणिक नाम हो । यसलाई रिडी क्षेत्र पनि भन्ने गरिन्छ । यसको नामाङ्कन कसरी भयो भन्ने बारेमा आज धेरै ब्यक्तीहरू बिच मतभेद रहेको पाइन्छ ।

रुरुक्षेत्र भन्ने नामको सन्दर्भमा रुरु अर्थात मृगले देवदत्त ऋषीको पुत्रीलाई स्तनपान गराइ हुर्काएको कारणले तिनलाई रुरुकन्या भनियो। पछी तिनै कन्याले यहाँ कठोर तपस्या गरी मुक्ती पाएकोले यो ठाउँ उनै कन्याको नामबाट ‘रुरुक्षेत्र’ भनी चिनिन थाल्यो भन्ने मत पाइन्छ। ‘रिडी’क्षेत्रको सन्दर्भमा रुरुक्षेत्र भन्ने शब्द अपभ्रंश भई ‘रिडी’ क्षेत्र बन्नगएको भन्ने मान्यता पाइन्छ ।

त्यसैगरी धार्मिक मान्यता अनुसार मानिस जन्मदै तीन वोटा ऋणस् देव ऋण,पित्री ऋण र ऋषी ऋण लिएर आएको हुन्छ । जो ब्यक्ती हिमालय देखी बग्दै आएको काली गण्डकीको सँगम अर्थात दोभान(जुन रुरुक्षेत्रमा पर्छ)मा स्नान गर्छ सो ब्यक्तीको पाप पखालिन्छ भन्ने मान्यता रहेकोले यो स्थानलाई ऋणी भनीन थालियो पछी ऋणी भन्ने शब्द अपभ्रम्श भई ‘रिडी’ बन्न गएको भन्ने धारणा पाइन्छ । त्यस्तै अर्को मान्यता अनुसार ‘रिडी’ भन्ने शब्द मगर भाषाबाट आएको हो। मगर भाषामा ‘री’भन्नाले कालो तथा ‘डी’ भन्नाले पानी भन्ने अर्थ लाग्छ ।

अर्थात कालो पानी बग्ने क्षेत्र (काली गन्डकी )भएकोले यसलाई ‘रिडी’ भनिएको हो भन्ने तर्क पाइन्छ । पौराणिक गाथास् धेरै समय पहिले रुरुक्षेत्रमा देवदत्त नाम गरेको एकजना ब्राम्हण बस्दथ े। उनले कालिगन्डकीको किनारमा आश्रम बनाइ तपस्या गर्नथाले। महात्माको तपस्या धेरै समय सम्म चलिरह्यो । अत्यन्तै कठोर तपस्यामा लागेको देखेर देव्राज ईन्द्र सशंकित भई उनको तपस्या भङ्ग गर्नतर्फ लागे। सोही अनुरूप उनले देवदत्तको आश्रममा प्रह्मलोचा नामको अप्सरालाई तपस्या भङग गर्न पठाए । जब देवदत्त उनको ध्यानबाट उपरत भई केही समय यताउती घुम्न थाले तब उनले टाढैबाट भकुन्डो खेली राखेकी अत्यन्तै सुन्दरी प्रह्मालोचालाई देखे । अप्सराको हाउभाउ कटाक्षले मुनी मोहित भये ।

उनको सुन्दरता प्रती बसिभुतभई विवाहको प्रस्ताब राखे र दुबै जना विवाह बन्धनमा बाँधीइ संसारिक सुखमा बिलिन भए । केही समयको अन्तराल पछी प्रह्मालोचाले एउटी कन्यालाई जन्म दिइन। ततपस्चात उनले आफ्नो उधेश्य पुराभएको सम्झी ति कन्यालाई त्यही आश्रममा छाडेर स्वर्ग गइन । जब देवदत्तले यो कुराको वास्तविकतालाई बुझे तव उनी छाँगा बाट खसे झै भए । उनको हृदयमा तिब्र बैराग जागेर आयो ततपस्चात उनी उत्तरतिरको भ्रिगु आश्रमतिर लागे र भगवान शिवको कठोर तपस्या गर्नथाले। उनको तपस्या देखी भगवान शिव प्रशन्न भई उनको सामु प्रकट भए र आशिर्बाद दिए ‘जसले गन्डकिको नदीमा स्नानगरी शिवलिङ्ग, भ्रिगुतुमको दर्शन गर्ला उसले राम्रो योगफल तथा शिद्धी प्राप्त गर्नेछ’। यती भनी भगवान शिव अन्तरध्यान भए ।

देवदत्तले पनि शिवजीबाट आशिर्बाद पाइ आफु मुक्तभएको अनुभब गरे। प्रह्मालोचाबाट जन्मेकी कन्यालाई पछी मृगले दुध पिलाएर हुर्काए । संस्क्रित भाषामा मृगलाई रुरु भनिन्छ। त्यही रुरुले दुध पिलाएर हुर्केकी कारणले तिनको नाम रुरुकन्या रहनगया । पछी उनले भगवान नारायणको कठोर तपस्या गर्न थालिन। उनको कठोर तपस्या देखी भगवान नारायण प्रशन्न हुनुभयो र उनको सामु प्रकट भई बारदान माग्न भन्नु भयो। भगवानको यस्तो वाक्य सुनेर रुरुकन्याले बिन्ती गरिन “हे नाथ यदी मलाई बारदान दिनु हुन्छ भने यही चतुरवाहु श्री नारायणको रूपले हजुर यही बिराजमान होइबक्सीयोस र मेरो नाम बाट यो क्षेत्र प्रशिद्ध होस् ।” उनको यस्तो प्रार्थना सुनी भगवानले भन्नु भयो “अब उपरान्त यो ठाउँ रुरुक्षेत्र नामले प्रख्यात हुने छ ।

यो क्षेत्रमा जसले स्नान गरेर तीन दिन यहाँ रही चतुरबाहु ह्रिषीकेशको दर्शन गर्छन् त्यो पवित्र हुन्छ भनी भगवान अन्तरध्यान हुनु भयो। त्यसैले ५ दिन माघे संक्रान्ती मेला लाग्ने गर्छ। ति रुरुकन्या केही समय त्यही रहिन र पछी उनले देहत्याग गरिन र उनले मुक्ती पाइन। भगवानको आशिर्बादले गर्दा त्यो दिन देखी रुरु क्षेत्र पुण्य क्षेत्र बन्यो। यो क्षेत्र अत्यन्तै पवित्र भयो र रुरु कन्याको नामले रुरुक्षेत्र भनी हिन्दू जगतमा प्रशिद्ध भयो।

पश्चिम नेपालको तानसेन बजारदेखि उत्तर–पश्चिममा गुल्मी र पाल्पाको सिमान बाट बग्ने पवित्र कालीगण्डकी र गण्डकीको तिरमा अवस्थित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण स्थल । यस क्षेत्रमा मणिमुकुन्द सेन द्वारा प्रतिस्थपित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण ऋषिकेश मन्दिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्