नारायणगढ–मुग्लिन सडक ४ दिन २४ घण्टा खुला रहने



नेपाल समाचारपत्र, नारायणगढ ।

चितवनको नारायणगढ–मुग्लिन सडक ४ दिन खुला रहने भएको छ । माघे संक्रान्तिलाई मध्यनजर गर्दै राति बन्द हुँदै आएको सडक ४ दिनसम्मका लागि खुल्ला गर्न लागिएको हो ।

पुस १८ गतेदेखि राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो । उक्त सडक शनिबारदेखि माघ २ गते सम्म राति खुल्ला रहने छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार माघे संक्रान्तिमा उक्त सडक खण्ड हुदैं तीर्थालु देवघाट आउने भएकाले सडक खुल्ला गर्ने निर्णय गरिएको हो ।

दिउँसो पिच निर्माणको काम भएपनि सडक अवरुद्ध नहुने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार अहिले सम्म निर्माणको काम ७१ प्रतिशत सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्