बालिकाको हत्या



डल्लास, (एजेन्सी)
एउटा भारतीय अनाथालयबाट धर्मपुत्री बनाइएकी एक तीन वर्षीया बालिकाको हत्याको अभियोग एक जना अमेरिकी पुरुषलाई शुक्रबार लगाइएको छ। झन्डै तीन महिनाअघि टेक्सासको डल्लासस्थित आफ्नै घरनजिकको ढलमा उनको शव फेला परेको थियो। सेरिन नामक ती बालिकालाई मृत भेटिएको केही समयपछि नै हत्याको आशंकामा ३७ वर्षीय बेस्ली म्याथ्युलाई हिरासतमा लिइएको थियो। वकिलहरुले अटोप्सीबाट ती बालिकाको मृत्यु घरेलु हिंसाको कारण भएको पुष्टि भएपछि म्याथ्युसलाई अभियोग लगाइएको बताएका छन्। उनलाई अधिकतम सजाय मृत्युदण्ड हुन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्