नयाँ शक्तिको महिला शक्ति महासंघ माओवादीमा समाहित



काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वमा रहेको  नयाँ शक्ति पार्टी नेपालको महत्वपूर्ण संगठन नै माओवादी केन्द्रमा समाहितभएको छ ।

पार्टीको महिला शक्ति महासंघ र नेकपा माओवादी केन्द्र निकट महिला संगठन अनेमसंघ क्रान्तिकारीबीच आज एकता भएपछि पाँच वर्षभित्र वैकल्पिक शक्तिकारुपमा विकास गर्ने नयाँ शक्ति पार्टी नै रित्तिने संकेत देखिएको हो ।

शक्ति महासंघ र अनेमसंघ क्रान्तिकारीबीच माओवादी पार्टी कार्यलयमा एकता भएको छ । नयाँ शक्तिको महिला शक्ति महासंघ लमजम शेर्पाको नेतृत्वमा एकतामा गएको हो ।

सो एकता प्रक्रियामा नेकपा संयुक्त पार्टीको नेपाल महिला फेडरेशन समेत सहभागी भएकोछ ।

प्रतिक्रिया दिनुहोस्