३५ करोड ७० लाख पाउन्डको नेयमार



लन्डन, (एजेन्सी)
नेयमारको रियल मेड्रिडमा ट्रान्सफर हुन राखिएको रकम मुख नै रसाउने खालको छ। बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेनमा आबद्ध हुँदा नेयमारलाई १९ करोड ८० लाख पाउन्डको विश्व कीर्तिमान ट्रान्सफर रकम दिइएको थियो। उनी फुटबल इतिहासकै सबैभन्दा महँगो खेलाडी समेत बने।

अब स्पेनिस ला लिगा क्लबले ब्राजिली स्ट्राइकरलाई भित्रयाउनको लागि ३५ करोड ७० लाख पाउन्ड तिर्नु पर्ने स्पेनी अखबारले शुक्रबार जनाएको छ। स्पेनी क्लबको रिपोर्टअनुसार उनी बेर्नबाउ आउन चाहेको पनि उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्