रोहिंग्या फिर्ता गर्न सहयोग



टोकियो, (एजेन्सी)
जापानका विदेशमन्त्रीले म्यान्मारकी नेता आङ सान सुकीसँग रोहिंग्या मुसलमानहरूलाई सुरक्षित र स्वेच्छिक फिर्ताको ग्यारेन्टी दिन आग्रह गरेको छ। विदेशमन्त्री तारो कोनो हाल म्यान्मारको भ्रमणमा रहेका छन्। जापान सरकारले रोहिंग्या मुसलमानलाई पुनः आफ्नो देशमा ल्याउनका लागि म्यान्मार सरकारलाई ३० लाख डलर अुनदान दिने घोषणा गरेको छ। म्यान्मार र बंगलादेशले नोभेम्बर २३ मा रोहिंग्या सरणार्थीलाई फिर्ता गर्ने विषयमा सहमति भएको थियो। यद्यपि कति संख्यामा फिर्ता गर्ने विषयमा प्रष्ट गरिएको छैन। उक्त सहमतिलाई ध्यानमा राखी सहायताको फैसला लिइएको जापानी विदेश मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्