हत्यारालाई मृत्युदण्ड



स्प्रिंगफिल्ड, (एजेन्सी)
अमेरिकाको एउटा मिडिल स्कुलका पूर्वफुटबल प्रशिक्षकलाई मिसौरीका एकजना दस वर्षीया बालिकालाई अपहरण गरी हत्या गरेको अभियोगमा संघीय अदालतले मृत्युदण्ड सुनाएको छ। सन् २०१४ को फेब्रुअरीमा हेली ओवेन्स नामक ती बालिकाको हत्यालाई लिएर बिहीबार न्यायाधीश थोमस माउन्टजोयले ४९ वर्षीय क्रेइग वुडलाई यो सँजाय सुनाएका हुन्। नोभेम्बरमै उनीमाथि यो अभियोग लगाइए तापनि अदालतले उनलाई मृत्युदण्ड वा आजीवन कारावास दिने भन्ने निर्णय गर्न सकेको थिएन। उनले दिउँसै मिसौरीको स्प्रिंगवुडको सडकमा बटुवाहरूकै अगाडि ओवेन्सको अपहरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्