प्रतिबन्दको तयारी



वासिंगटन, (एजेन्सी)
अमेरिकाले इरान विरुद्ध नयाँ प्रतिबन्द लगाउने योजना बनाइरहेको छ। अमेरिकाका वित्तमन्त्री स्टिवन मुनचिनले ह्वाइट हाउसमा एक पत्रकार सम्मेलनमा इरानमाथि लगातार निगरानी गरिरहेको र नयाँ प्रतिबन्द लगाउने अपेक्षा रहेको बताएका थिए। अमेरिकाको यस कदमले इरानसँगको परमाणु सम्झौता खतरा पर्न सक्ने अनुमान गरिएको छ। यस मामिलामा अमेरिकी राष्ट्रपति टम्पले बिहीबार भएको बैठकमा लिएको हुन सक्ने अनुमान गरिएको छ। विदेश विभागका प्रवक्ता स्टिफन गोल्डस्टेनले यसको घोषणा कहिले हुन्छ, आफूलाई थाहा नभएको बताए।

प्रतिक्रिया दिनुहोस्