काममा फर्किए डा. अग्रवाल



काठमाडौं, (नेस)
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीन प्राडा जगदीशप्रसाद अग्रवालले ४ दिनपछि कामलाई निरन्तरता दिनुभएको छ। सर्वोच्च अदालतले ४ वर्षअघिको मुद्दा डा. शशी शर्माको पक्षमा ४ दिनका लागि पुनर्बहाली गरेकाले उहाँले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिन असहज भएको थियो।

अदालतले डा. शर्माको पदावधि ४ दिन बाँकी भएकाले ४ दिनका लागि हाजिर हुन स्वैच्छिक बाटो खुलाउँदै परमादेश जारी गरेको थियो। अदालतको फैसलालगतै डा. शर्मा आईओएम पुगी हाजिर हुनुभएको थियो। उहाँको म्याद बिहीबार सकिएलगतै शुक्रबारदेखि अग्रवालले आफ्नो पदीय जिम्मेवारीलाई निरन्तरता दिनुभएको हो।

‘प्राडा अग्रवालको नियुक्तिलाई गैरकानुनी हो भन्ने पुष्टि गर्ने आधार नभएको’, सर्वोच्चको फैसलामा भनिएको छ। डा. अग्रवालले अदालतको यही आदेशअनुसार डीनको जिम्मेवारी पुनः सम्भालेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्