घर आगनमै न्याय पाइन्छ: प्रधानन्यायधिस पराजुली



धनवीर दाहाल, रुकुमकोट । प्रधान न्यायधिस गोपाल पराजुलीले न्याय माग्नको लागी धेरै टाढा धाउने जमाना गएको बताउनुभएको छ । अव जनताको घरदैलोमै न्याय पाइने उहाँको भनाई छ ।

नेपालकै ७७औं जिल्ला रुकुम पुर्वको जिल्ला अदालत शुक्रबार उद्घाटन गर्दै प्रधानन्यायधिस पराजुलीले सो कुरा बताउनुभएको हो । रुकुम पुर्वका जनतालाई उहाँले न्याय माग्नको लागी पश्चिम रुकुममा धाउनु नपर्ने पनि बताउनुभएको छ । रुकुम जिल्ला एउटै हुँदा धेरै दुख्ख भएकोले अव रुकुम पुर्वको लागी छुट्टै जिल्ला अदालत भएपछि रुकुम पुर्वका नागरिकलाई सहज भएको छ । यस्तै प्रधानन्याधिस पराजुलीले न्याय दिन ढिला नगर्न पनि रुकुम पुर्वको जिल्ला अदालतलाई आग्रह गर्नुभयो । 

रुकुम पुर्वमा बिभिन्न सरकारी कार्यालय स्थापना हुने क्रममा शुक्रबार जिल्ला अदालत र जिल्ला स्वास्थ्य कार्यालय स्थापना भई औपचारिक रुपमा कार्य संचालन भएको हो । रुकुम पुर्वलाई नयाँ जिल्लाको औपचारिक मान्यता दिंदै गत असोज १९ गते प्रस्तावित सदरमुकाम रुकुमकोटमा केही सरकारी कार्यालयहरु स्थापना गरिएको थियो । जिल्लामा केही महत्वपुर्ण सरकारी कार्यालय सँगै जिल्ला अदालत र जिल्ला स्वास्थ्य कार्यालय भएपछि नागरिकमा थप खुशियाली छाएको छ ।

भौगोलिक हिसाबले दुर्गम तथा हिमाली जिल्लाको सूचिमा रहेको पूर्वी रुकुममा अहिले पनि सरकारी कामकाज पुरानै भवन हरुबाट भईराखेको छ । पूर्वी रुकुमका नागरिक हरुले जिल्ला घोषणासंगै जिल्लामा सरकारी कामकाज सुरु हुन थालेपछि अन्य स्थापना हुन बाँकी सरकारी तथा गैरसकारी कार्यालय स्थापनाको काममा ढिलाई नगर्न आग्रह गरेका छन् । तीन स्थानीय तह मिलेर नयाँ जिल्ला बनेको रुकुम पुर्वमा यसअघि जिल्ला प्रशासन, प्रहरी कार्यालय, जिल्ला समन्वय समिति र निर्वाचन कार्यालय स्थापना भईसकेका छन् ।  

यस्तै जिल्ला स्वास्थ्य कार्यालय उद्घाटन गर्दै रुकुम पुर्वका प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री कमला रोकाले अव जिल्लामा सबै कार्यालय स्थापना हुने र विकासले गति लिने बताउनुभयो । बर्षाैं देखीको समस्या अव घर आगनमै समाधान हुने उहाँले बिश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्