यातायातकानासुलाई भ्रष्टाचार मुद्धा



नेपाल समाचारपत्र, काठमाडौं । यातायातव्यवस्थाकार्यालय, एकान्तकुना, ललिपुरको ट्याक्सीदर्ता शाखामाकार्यरत नायव सुब्बाइश्वरबन्धु गौतमलाई विशेष अदालतमा भ्रष्टाचार मुद्धा दर्ता गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धानआयोगको मुख्यालय टंगालले शुक्रबार नासु गौतमलाई भ्रष्टाचार मुद्धा दर्ता गरेको हो ।

नासु गौतमलेभुकम्प पीडितको नाममाप्राप्तनिजीनम्बरको गाडीलाई भाडाको ट्याक्सीमा परिणत गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम ५० हजार लिईसकेको अवस्थामाआयोगले नियन्त्रणमा लिइ अनुसन्धान गरेको थियो ।

अनुसन्धानमानासु गौतमले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूर गरेको देखिनआएकोले ५० हजार रुपियाँ र कैद सजायको समेतमागदावीगर्दै भ्रष्टाचार मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्