पढ्ने बिद्यार्थी खुल्ला चौरमा



ललित सिंह, बझाङ । जिल्लाको बुंगल नगरपालिका मा रहेका दर्जनौ बिद्यालय भबनहरु जिर्ण हुदाँ यहाँका बिद्यार्थीहरुले खुल्लाचौरमा पढ्न बाध्य भएका छन् ।

जिल्ला शिक्षा कार्यालयबाट बार्षिक करौडौ बजेट भौतिक पूर्वाधारको लागी छुट्याए पनि जिल्लामा जस्को बढी हाबी र नजिक छ त्यसैलाई भबन बितरण गर्ने गरेका छन् । तर यहाँका दजनौ बिद्यालय भबन जीर्ण भए पछि एकै बिद्यालयका ६ सात सय बिद्याथीहरु खुल्ला चौरमा बस्न बाध्य भएका छन् ।

बुंगलको २०१७ सालमा रत्न माबी खोल्लेकका सात सय पचास बिद्यार्थीछन् सबै बिद्यालय का पुराना भबन सबै पल्टाले छाएको हुदाँ र घामले चर्रकने भए पछि पानी परेको समयमा बिद्याथीको कापी किताब पनि भिज्ने गरेको छ । बिद्याथीलाई पढाउदाँ साहै्र गाहो्र भएको दुखेसो पोक्छन् रत्न माबि खोललेकका शिक्षक जयदेब खातीले बताए ।

भबन कम छ र बिद्यार्थीको संख्या बढी छ पानी परेको बेला शिक्षकले पढाएको सुनिदैन हामी नौ र दश कक्षाका बिद्याथीहरु संगै बसेर पढ्रनु परेको छ । बिद्यालयमा न खेलकुदका सामाग्री छन् नत राम्रो संग बस्नको लागी बिद्यालय भबन यसमा न यहाँका जनताले बिद्यालय तिर चासो देखाएका छन् नत सरकारले नै रत्न माबि खोल्लेखमा कक्षा १० मा अध्यन्रथ छात्र मीन बहादुर बोहरा बताउन्छन् ।

२०७१ सालमा शान्ति तथा पुननिमार्ण मन्त्रालयबाट एउटा चारकोठे भबन दिएको थियो ।यो पन्च बर्षे योजना भएकोले एक बर्षको ५० देखि १ लाख सम्म मात्र एक बिस्ता भुक्तानी दिने भए पछि भबन निर्माणमा ढिलाई भएको छ यस्ता भबनहरु सरकारले दिनु भन्दा नदिनु बेश हुन्छ किनकी रकम निकासामा ढिलाई भए पछि बिद्यार्थीको पठनपाठमा नकरात्मक प्रभाब परेको छ यसरी सरकारले भबन दिनु भन्दा नदिनु राम्रो हुन्छ ।

किस्तामा आउने रकम निकासा गर्न जादाँ आतेजाते गदै ठिक्क खर्च भैहाल्छ बिद्यालय भबन भनेको बेकामे भएको स्थानीय बासिन्दा भिम बहादुर बोहराले दुखेसो पोखे ।

२०६५ साल सम्म निजी रुपमा बिद्यालयमा निशुल्क काम गरे अहिले राहतमा छु यहाँका स्थानीयहरुकै सक्रियमा बिद्यालय भबन लगाई पठनपाठन सुरु गरेको छ जनताहरु पनि साह्रै मर्कामा छन् बिद्यालय भबनको लागि जिल्ला शिक्षा कार्यालयमा समय समयमा माग राखे तर हामी बिकट ठाउँको शिक्षक भएकै कारण मेरो बिद्यालयमा अहिले सम्म जनताले सर्बदान गरि बनाएको जीर्ण भबनमा पढाउन बाध्य छौ । धलपुर प्राबीका प्रअ धन बहादुर बोहराले बताए ।

यहाँका दजनौ बिद्यालय भबन जिर्ण भएका छन् । शान्ति तथा पुर्ननिमार्ण मन्त्रालयबाट पाएको भबन निमार्णमा ढिलाई भएको छ समयमा रकम भुक्तानी गदैनन् अहिले सम्म जम्मा दुई लाख मात्र निकासा भएको छ । आफु बुंगल नगरपालिकाको प्रमुखको हैसियतले यहि आर्थिक बर्षमा यहाँका सबै भन्दा नाजुक बिद्यालयहरुमा मर्मत गर्नको लागी रकम छुट्रयाएको नगरप्रमुख धन बहादुर बिष्टले बताउनु भयो ।

नगरपालिका भित्र रहेका दजनौ बिद्यालय भबन जीर्ण भए पछि यहाँको धलपुर प्राबी कफलसेरी खाोचेथुम,रत्न माध्यमिक बिद्यालय ,नवयुग प्राबी शंकरखोला लगायत यहाँका का दर्जनौ बिद्यालयहरुको अवश्था यस्तै हो । भबन अभाबकै कारण बिद्यार्थीको पठनपाठनमा नराम्रो प्रभाब पर्दै जानुका साथै यहाँको शैक्षिक स्थिीती खस्कदै गएको देखिन्छ । यस तर्फ सरकारको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्