चिसोले ढोरपाटन उपत्यकाका विद्यालय बन्द



सिर्जना पन्त, बागलुङ ।
ढोरपाटन उपत्यकाका अधिकांश विद्यालयहरु दुई साता पहिलेनै बन्द भईसकेको भएपनि एउटा विद्यालयले भने कक्षा सञ्चालन गरिहरेको छ ।
वर्षको ६ महिना खेतीपाती, घर खेत र अन्य सामानहरुलाई चौकी स्थापना गरी हेरालु राखेर निसीको तल्लो भेगमा बस्तीनै सारेर जीवन चलाउँदैं आएका ढोरपाटन उपत्यकाका बालबालिकाहरुलाई जनवादी प्रथामिक विद्यालयले भने विदालयनै सारेर पढाईरहेको छ ।

ढोरपाटन–९ को नवी र ढोरपाटन–८ को सेकारुपमा विद्यालयको भौतीक संरचना निर्माण गरेर वर्षको ६ महिना नवी र ६ महिना सेकारुपमा कक्षा सञ्चालन गर्दै आएको शिक्षक देववहादुर सुनारले बताउँनुभयो । ढोरपाटन उपतयकामा पुष माघमा हिउँ पर्ने र तुसारो लाग्ने हुँदा सो क्षेत्रका स्थानियहरु बस्तीनै सारेर ढोरपाटनको तल्लो भेगमा सर्दै आएका छन् ।

असोजको ५ गते विद्यार्थी सहित सेकारुप झरेको जनवादी प्रथामिक विद्यालय आगामी जेठ महिनामा विद्यार्थी सहित पुन नवीमा उक्लने सुनारले बताउँनुभयो । ‘हामीकोमा अध्यायन गर्ने बालबालिकाको ढोरपाटनको उपल्लो र तल्लो दुवै स्थानमा बसोबास छ, तेसैले घुम्ती विद्यालय सञ्चालन गर्न सजिलो भएको छ ,सुनारले भन्नुभयो ।’

ढोरपाटन उपत्यकामा रहेका ६ वटा विद्यालय मध्ये जनवादी प्राविमा कक्षा सञ्चालन भइरहेको भएपनि अन्य ५ वटा विद्यालय भने बन्द भएका छन् । चिसोको कारणले ज्यती विकास प्रथामिक विद्यालय, ढोरवराह प्रथामिक विद्यालय, ढोरपाटन दुर्गम प्रथामिक विद्यालय, बालज्वती प्रथामिक विद्यालय दुई साता पहिलेनै विदा गरिएको छ भने कुणेढोर प्राथामिक विद्यालय शुक्रबारबाट विदा गरिएको छ ।

ढोरक्षेत्रका विद्यालयहरुले जिल्लाका अन्य विद्यालयहरुले भन्दा फरक वर्खामा विद्यालय सञ्चालन गर्ने र हिउँमा विदा गर्ने गरेको ढोरबराह प्रा.विका शिक्षक भिमबहादुर श्रेष्ठ बताउँनुहुन्छ । घुम्ती विद्यालय सहित सो क्षेत्रका विद्यालयहरुमा ६ सय ८२ विद्यार्थीहरु यो शैक्षीक सत्रमा भर्ना भएका छन् ।

चिसोको कारणले प्रहरी समेत तल्लो भेगमा सर्ने भएपनि व्यक्ति र राज्यको सम्पत्ती सुरक्षाको लागि चौकी स्थापना गर्ने गरेको श्रेष्ठले बताउँनुभयो । ढोरक्षेत्रका स्थानियहरुको घर सम्पत्ती सुरक्षा गर्न वर्ष भरी पुग्ने आलु, मकै, फापार जस्ता अन्नबाली दिएर हेरालु राख्ने गरेको उहाँले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्