पाँच महिनामा २० लाख राजस्व संकलन



नेपाल समाचारपत्र, पर्बत । जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतले चालु आर्थिक बर्षको साउन देखि ५ महिनामा झण्डै २० लाख बराबर राजश्व संकलन गरेको छ ।

टा«फिक नियमहरुको पालना नगर्ने ३३ सय वटा साना तथा ठूला सवारीलाई चेक जाँच गरी काबार्ही गरि १९ लाख ५९ हजार ५सय रकम संकलन गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्वतले दिएको जानकारी अनुसार सबैभन्दा धेरै कार तथा जिप काबार्हीमा परेका छन् । ५ महिनाको अबधिमा १ हजार ८३ कार जिप कारबाहिमा परेका छन् भने उनीहरुबाट ६ लाख २९ हजार ५ सय राजश्व संकलन भएको छ ।

त्यस्तै १ हजार १० मोटरसाईकल कारवाहि बाट ६ लाख ४२ हजार ५ सय ६ सय ४ बसको काबार्हीबाट ३ लाख ३५ख हजार ५ सय ३ सय ३८ ट्रकको काबार्हीबाट १ लाख ६८ हजार ५ सय र २ ुय ६५ टे«क्टरको काबार्हीबाट १ लाख ५६ हजार ५ सय राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

पछिल्लो समय दिनहँु जसो छड्के चेकिङ्ग र ट्राफिकको सक्रियताको कारण दुर्घटनामा समेत कमी आउन थालेको जिल्ला ट्राफिक कार्यलय पर्बतका ट्राफिक प्रमुख महेन्द्र रानाभाटको भनाई छ । आफुहरुको सक्रियताको कारण लापाबार्ही गर्ने चालकहरुलाई अपराध सम्बन्धी सावर्बजनिक मुद्धा समेत चलाईएको उहाले बताउनुभयो ।

पर्बतमा प्रायजसो सबारी साधन अनुमति पत्र लाईसेन्स नभई सबारी साधन चलाउनेहरु कारवाहिमा परेका छन् । त्यस्तै क्षमता भन्दा वढी सामान तथा यात्रु वोक्ने, मादक पदार्थ सेवनगरी सवारी चलाउने, समयमा सवारी मर्मत नगराउने र सवारीको अवस्था राम्रो नभएका चालक हरुलाई कारवाही गरीएको समेत प्रहरीले जनाएको छ ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यलयले आफ्नो सक्रियता बढाउनको लागि बिभिन्न जनचेतना मुलक कार्यक्रम समेत थालेको छ ।

प्रतिक्रिया दिनुहोस्