बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा



लन्डन, (एजेन्सी) । शुरुको १५ मिनेटमा लियोनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले सेल्टा भिगोलाई हराएर कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ ।
पहिलो लेग बार्सिलोनाले सेल्टा भिगासँग १–१ बराबरी खेलेको थियो । बिहीबार राति भने बार्सिलोनाले घरेलु मैदानमा ५–० गोलअन्तरको सानदार जित हात पा¥यो । टोलीका लागि मेसीले जोर्डी अल्बाको क्रसमा २ मिनेटको फरकमा दुई गोल गरे । उनले १३ औं र १५ औं मिनेटमा गोल गरेका थिए । मेसीको यस सिजनमा सात गोलमा अल्बा नै सहयोगी बनेका थिए ।
त्यस्तै अल्बाले मेसीकै पासमा २८ औ मिनेटमा गोल गरी टोलीको अग्रता ३–० मा पु¥याए । त्यसको तीन मिनेटपछि लुईस स्वारेजले पिएने सिस्टोको खराब ब्याक पासको फाइदामा एक गोल थप्दा बार्सिलोना पहिलो हाफमा ४–० को अग्रतामा रहेको थियो । दोस्रो हाफमा इभान राकिटिचले अन्तिममा एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्