अर्बौंको सम्झौता



नोमपेन्ह, (एजेन्सी)
क्याम्बोडिया र चीनबीच बिहीबार थुप्रै अर्ब अमेरिकी डलर बराबरको झन्डै २० वटा सम्झौतामा हस्ताक्षर भएको छ। दक्षिणपूर्वी एसियाको गरिब राष्ट्र क्याम्बोडियाको भौतिक पूर्वाधार, कृषि र स्वास्थ्य स्याहारको विकासका लागि चीनले यति ठूलो परिमाणमा पैसा लगानी गर्न लागेको हो। क्याम्बोडियाली प्रधानमन्त्री र उनका चिनियाँ समकक्षी लि केक्वियाङबीचको बैठकमा ती सम्झौतापत्रमा हस्ताक्षर भएको हो। लिको नेतृत्वमा चीनको वरिष्ठ प्रतिनिधिमण्डलले क्याम्बोडियाको एक दिने औपचारिक भ्रमण गरेको हो। उक्त सम्झौतामा २ सय किमिभन्दा लामो राजमार्ग निर्माण पनि परेको छ।

प्रतिक्रिया दिनुहोस्