शिक्षिका पक्राउ विवाद



एब्बेभिल्ले, (एजेन्सी)
अमेरिकाको लुजियानामा तलबका बारे बोलेकै कारण एक जना शिक्षिकालाई हतकडी लगाएर विद्यालयको बोर्ड बैठकबाट बाहिर निकालिएको भिडियो टेप बुधबार सार्वजनिक भएपछि जनआक्रोश फैलिएको छ। सोमबार राति डेसिया हाग्र्रेभको उक्त गिरफ्तारीको घटनालाई लिएर विद्यालय जिल्ला अधिकारीविरुद्ध ज्यानमार्ने धम्कीसमेत आउन थालेको उक्त राज्यका गभर्नरले बताएका छन्। उनलाई प्रहरीले पक्राउ गरिएको भिडियो स्थानीय अनलाइनमा व्यापक सेयर भएको थियो। लुजियानाको शिक्षितहरूको संगठनको फेसबुक पेजमा हाग्र्रेभले पोस्ट गरेको भिडियोमा आफ्ना अधिकारबारे बोलेकै कारण त्यसरी पक्राउ परेकामा आफू स्तब्ध भएको उल्लेख गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्