कानुन परिवर्तन



तेहरान, (एजेन्सी)
इरानले लागूपदार्थसँग जोडिएको कानुनलाई खुकुलो बनाएको छ। यसले लागूपदार्थ ओसारपसार तथा प्रयोगका कारण मृत्युदण्ड पाएका हजारौंले राहत पाउन सक्ने जनाइएको छ। लागूपदार्थसँग सम्बन्धित अपराधमा फाँसीको सजायलाई हटाइएको छ। जसलाई ती मामिलामा सजाय सुनाइसकेको हो उनीहरूको मामिलामा पनि पुनरावलोकन हुने देशको न्यायपालिकाका प्रमुखले जानकारी दिए। कानुनमा आएको हेरफेरले मृत्युदण्ड पाउने करिब ५ हजार कैदीले राहत पाउन सक्छन्। इरानमा हरेक वर्ष सयौंलाई मृत्युदण्ड दिइन्छ र त्यसमा धेरैजसो लागूऔषधको मामिलामा अपराधी हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्