सोनम पनि बिहे गर्दै !



बलिउड नायिका अनुश्का शर्माको विवाहपछि नायिका दीपिका पादुकोण र रणवीर सिंहको विवाहको समाचारले मिडियामा स्थान पाइरहेको बेला एक अर्की नायिकाको विवाहको खबर आएको छ।

बलिउड नायिका सोनम कपुर पनि आगामी अप्रिलमा विवाह बन्धनमा बाँधिन सक्ने सामाचार भारतीय सञ्चारमाध्यममा आएका छन्। बलिउड नायक अनिल कपुरको नायिका छोरी सोनम आफ्नो प्रेमी आनन्द आहुजासँग गुपचुपरूपमा ३ वर्षदेखि प्रेमसम्बन्धमा रहेकी छिन्। तर, उनीहरू केही समयअघिदेखि आफ्नो मायालाई स्वीकारिरहेका छैनन्।

केही दिनअघि अंग्रेजी नयाँ वर्षको दिनदेखि उनीहरूको एक भिडियो इन्स्टाग्राममा भाइरल भइरहेको छ। जसमा सोनम र आनन्द एक–अर्काको अँगालोमा बाँधेर नाचिरहेका देखिन्छन्। आनन्द दिल्लीका एक व्यापारी हुन्। सोनम र आनन्दलाई सार्वजनिक स्थानमा पनि धेरैपटक सँगै देखिइसकेका समाचारमा जनाइएको छ। केही समयअघि लन्डनको एक कार्यक्रममा उनीहरू सँगै देखिएका थिए। खबरअनुसार सोनमको विवाह सामान्य तवरले हुनेछ र खास व्यक्तिहरूलाई मात्र बोलाइनेछ। उनको विवाहका लागि लोकेसन पनि बुक गरिसकिएको समाचारमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्