समृद्धितर्फ हवाई उडान



दीपेन्द्र थापा

नेपालको हवाई उडान क्षेत्रले दिन प्रतिदिन गति लिँदै गएको छ। हवाई यात्रुको संख्या दिनदिनै बढ्दै गएकाले हवाई क्षेत्र फराकिलो बन्दै गएको हो। बुद्ध एयरका मेनेजिङ डाइरेक्टर वीरेन्द्रबहादुर बस्नेत पछिल्लो समय नेपाली उड्डयन क्षेत्रमा हवाई यात्रु बढेसँगै सम्भावना बढ्दै गएको बताउनुहुन्छ। ‘अहिले हवाई क्षेत्रले पनि सुरक्षित र भरपर्दो सेवा लिइरहेका कारण हरेक वर्ष यात्रु वृद्धिदर ४० प्रतिशतका दरले बढिरहेको छ’ –बस्नेतले भन्नुभयो।

नेपालको हवाई क्षेत्रको नियमन नागरिक उड्डयन प्राधिकरणले गर्दै आएको छ। प्राधिकरणले सूक्ष्म ढंगले अनुगन र नियमन गर्ने भएकाले सुरक्षित एवं भरपर्दो बन्दै गएको बस्नेतको बुझाइ छ। ‘सुरक्षाको क्षेत्रमा विश्वका विकसित राष्ट्रको तहमा नै काम गरिरहेको छ’ –उहाँले बताउनुभयो।

सन् २०१७ को पहिलो १० महिना अर्थात् अक्टोबरसम्म अन्तर्राष्ट्रिय उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३१ लाख ११ हजार ५ सय ६३ हवाई यात्रुको आवागमन भएको छ भने आन्तरिक हवाई यातायाततर्पm ३२ लाख ८७ हजार ५ सय २० यात्रुहरुको आवागमन भएको नेपाल नागरिक उडड्न प्राधिकरणले जनाएको छ।

दक्षिण एसियाली मुलुकबीच हवाई उडान सुरक्षाका नागरिक उड्डयनको नियमन निकायको साझा संस्था (कोसक्याप) कमिटीको यो २६औं बैठकको तीनदिने बैठक मंगलबारदेखि काठमाडौंमा शुरु भएको छ।
मंगलबार बैठकमा बोल्दै अन्तर्र्रािष्ट्रय नागरिक उड्डयन संगठन (आईकाओ) को एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक अरुण मिश्रले पछिल्ल दिनमा हवाई सेवामा सुधार हुँदै गएको बताउनुभयो।

सन् २०१६ मा ६० देशमा दुर्घटना भएको र यो वर्ष ३ सय २ जनाको मृत्यु भएको छ। सन् २०१७ मा भने प्राइभेटमा कुनै पनि दुर्घटना नभएको र कमर्सियलमा भने १० दुर्घटना हुँदा ४४ जना यात्रुको मृत्यु भएको थियो। सन् २०१७ मा ३६ दशमलव ९ मिलियन यात्रुले हवाई यात्रा गरेका छन्।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओले प्रकाशित गरेको प्रारम्भिक तथ्यांकअनुसार सन् २०१६ मा विश्वव्यापी नियमित उडानका यात्रु आवागमनतर्फ ६.५ प्रतिशतले वृद्धि भएको छ। एसिया–प्रशान्त क्षेत्रमा यो वृद्धि केही बढी अर्थात् ७.५ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । अन्तर्राष्ट्रिय विश्वव्यापी कार्गो ढुवानीतर्फ यो वर्ष ४.४ प्रतिशत वृद्धि हुने प्रक्षेपण रहेको छ भने एसिया प्रशान्त क्षेत्रमा कार्गो ढुवानी दर ३.७ प्रतिशत वृद्धि हुने प्रक्षेपण रहेको छ।

नेपालको सन्दर्भमा सन् २०१६ को जनवरीदेखि अक्टोबरसम्म दश महिनाको तुलनामा सन् २०१७ को सोही अवधिमा वायुयान आवागमनतर्फ २६.४८ प्रतिशतले वृद्धि भएको देखिन्छ भने हवाई यात्रु आवागमनतर्फ ९.६३ प्रतिशतले वृद्धि भएको छ। तर कार्गो ढुवानीतर्फ भने यस अवधिमा ६.२४ प्रतिशतले ह्रास भएको प्राधिकरले जनाएको छ।

विमानस्थल धेरै, सञ्चालन कम

अहिले मुलुकभर ४९ वटा विमानस्थल रहेका छन् भने ३२ वटा विमानस्थलमा नियमित हवाई सेवा सञ्चालनमा छन्। त्यस्तै ७ वटा विमानस्थल निर्माणका क्रममा रहेको छ। कालिकोट विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भई गत वर्ष परीक्षण उडानसमेत सम्पन्न गरिएको छ। त्यसै गरी नेपालगन्ज विमानस्थल र जुम्ला विमानस्थलमा धावनमार्ग ओभरले गर्ने कार्य र आन्तरिक थप ६ वटा विमानस्थल लामिडाँडा, थामखर्क, राजविराज, डोटी दिपायल, बैतडी र साँफेबगर विमानस्थलमा कालोपत्रे गर्ने कार्य जारी रहेको छ।

फैलिँदै नेपाली विमान

बुद्ध एयरले पनि अन्तर्राष्ट्रिय उडानका लागि तयार गरिरहेको छ। पेखरा विमानस्थलको निर्माण समापनपछि अन्तर्राष्ट्रिय उडान गर्न बताएको छ।

अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि श्रीएयरलाइन्सले सरकारसँग अनुमति माग गरेको श्री एयरलाइन्सका मार्केटिङ म्यानेजर अनिल मानन्धरले जानकारी दिनुभयो। अनुमतिपछि अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ।

नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसकारले ३ विमानमार्फत् ८ गन्तव्यमा उडान भरिरहेको एनएसीले आगामी जुलाईसम्ममा २ हवाई बढी विमान आयतसँगै ३ गन्तव्यमा उडान थप गर्ने बताउनुभयो। एनएसीले सीधा उडान साउदी अरबको रियाद, जापानको ओसाका, दक्षिण कोरियाको सोलमा नयाँ गन्तव्यमा उडान भर्दै छ।

आईकाओको गम्भीर सुरक्षा चासोको सूचीबाट हटेपछि प्राधिकरणले नेपाली वायुसेवाहरुलाई युरोपियन युनियनको एयर सेफ्टी लिस्टबाट हटाउन गत अगस्त २०१७ मा आवश्यक कागजात तथा प्रमाणहरु संलग्न गरी युरोपियन कमिसनलाई औपचारिक रुपमा अनुरोध गरेको थियो।

सोहीबमोजिम गत नोभेम्वर २०१७ मा बसेको कमिसनको एयर सेफ्टी कमिटीको बैठकले नेपाललाई जनवरी २०१८ मा प्राविधिक कमिटीको बैठकमा छलफलका लागि बोलाउने निर्णय गरेअनुरुप आउँदो १९ जनवरी, २०१८ मा महानिर्देशकको नेतृत्वमा नेपाली प्राविधिक टोली त्यसतर्पm जाने कार्यक्रम रहेको छ। नेपाली वायुसेवाहरुलाई युरोपियन युनियनको एयर सेफ्टी लिस्टबाट हटाउने आशा गरिएको छ।

थपिँदो विमान कम्पनी

आन्तरिक उडानलाई प्राथमिकता दिँदै निजी हवाई सेवा कम्पनी र नेपाल वायुसेवा निगमले नयाँ जहाज ल्याउने भएको छन्। सरकारले सडक विस्तारको काम गरिरहेकाले यात्रुले सडक मार्गमा धेरै सस्ती व्यहोरेसँगै हवाई यात्रुको संख्यामा वृद्धि भएपछि विमान थप्ने क्रम बढ्दै गएको हो।

सन् २०१७ मा मात्र ११ ओटा विमान आयात भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। औसतमा ९ विमान प्रत्येक वर्ष आयात हुने गरेकोमा यस वर्ष थप तीन आयात भएको हो। विमानस्थल विस्तारै साघुरिँदै गरेको छ भने विमान आयात थपिँदै गएको छ। सरकारले राजमार्ग विस्तारको काम गरिरहे पनि त्यहाँ आउने अवरोधका कारण हवाई यात्रुको संख्या बढेको हो।

नेपालमा करिव २० एयरलाइन्सले आन्तरिक हवाई सेवा प्रवह गरिरहेका छन्। फिक्सड विङ (सेड्युल उडान गर्ने) मार्फत् १० र रोटरतर्फ ९ कम्पनीले सेवा दिइरहेका छन्। पछिल्लो समय एयरलाइन्स कम्पनीहरुले लगानी विस्तार गर्दै जहाज हाडबाजी नै चलेको छ।

सानो विमानस्थल थपिँदो जहाज

सन् २०१७ मा मात्र ११ ओटा विमान आयत भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। औसतमा ९ विमान प्रत्येक वर्ष आयात हुने गरेकोमा यस वर्ष थप तीन आयात भएको हो। दैनिक नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा ३० अन्तर्राष्ट्रिय विमानस्थलहरुले सेवा प्रवाह गर्दै आएका छन्। दैनिक अन्तर्राष्ट्रिय विमान कम्पनीमा १ सयको संख्यामा उडान र अवतरण हुने गरेको छ भने आन्तरिकमा दैनिक २ सयभन्दा बढीको संख्यामा अवतरण र उडान हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्