पुँजी बजारको तर·, कति भ्रम कति यथार्थ



राजु श्रेष्ठ
वर्षको शुरुआतका बेला उच्च बिन्दुमा पुगेको शेयर बजार यतिबेला घट्दो क्रममा छ। पछिल्लो अवधिमा नेप्से परिसूचक बढ्नेभन्दा घट्ने क्रममा छ। त्यसो त शेयर बजारको स्वभाव नै घटबढ हुने हो। तर, पछिल्लो समयमा नेपालको पुँजी बजारको गिरावटलाई हेर्दा यसले आफ्नो स्वभाविक लयभन्दा अस्वभाविक मार्ग समातेको भने निश्चित छ।

भर्खरै शेयर बजारप्रति आम सर्वसाधारणको चासो बढ्दै गएको अवस्थामा यस अवधिमा नेप्से परिसूचक ५ सयभन्दा बढी अंकले गिरावट हुँदा साना र नयाँ लगानीकर्ताहरू हतोत्साही हुने स्थिति उत्पन्न भएको छ। शेयर बजार आधुनिकीकरण हुँदै काठमाडौंमा मात्र सीमित बजार र लगानीकर्ताको पहुँचलाई विस्तार गरी मोफसलसम्म पुर्याउने जमर्को भइरहेका बेला पुँजी बजारमा देखिएको यो स्थितिले नेपालको पुँजी बजारले अब कुन दिशा समात्छ भन्नेमा अन्योलता देखिएको छ।

नेप्से परिसूचक करिब १ वर्षको अवधिमा १ हजारसम्मको तह पुग्ने सक्ने सम्भावना देखेका छन्। यद्यपि, यो बीचमा बजार लगातार तल–माथि भई राख्नेछ। अहिले तत्काल हेर्ने हो भने अल्पकालीनरूपमा १ हजार ४ सय वा १ हजार ४ सय २० को हाराहारीमा बजारले बाउन्स लिने सम्भावना छ, १ वर्षसम्म बजार ‘वियरिस मोड’ हुने बस्यालको भनाइ छ। बजारको समग्र परिदृश्यलाई हेर्दा सन् २०१८ को अन्त्यदेखि बजारले बुलिस ट्रेन्ड लिँदै सन् २०२४ सम्म ६ हजारसम्मको इन्डेक्समा पुग्ने सम्भावना देखिएको बस्यालको
विश्लेषण छ।

पुँजी बजारमा प्रवेश गरेका युवा, गृहणी, साना र नयाँ लगानीकर्ताका निम्ति अहिलेको स्थिति शुभ संकेत अवश्य होइन, छोटो अवधिमा धेरै अंकको गिरावट आएकाले अब यो पुरानै लयमा फर्किनका निम्ति विभिन्न ‘फ्याक्टर’ को महत्वपूर्ण भूमिका रहन्छ, तत्काल यसको सम्भावना न्यून देखिन्छ।
नेपालको राजनीतिक गतिविधि आफ्नो नियमित प्रक्रियाअन्तर्गत भएको छ। सामान्य राजनीतिक घटनाक्रमसँग जोडेर आर्थिक क्रियाकलापहरू विशेष गरी शेयर बजार प्रभावित हुनुहुँदैन। तर, यतिबेला नेपालको शेयर बजार आर्थिक कारणले भन्दा पनि राजनीतिक कारणले अभिप्रेरित भएको हो कि भन्ने आभाष दिएको छ।

अब बन्ने सरकारले लिने आर्थिक नीति र उसका गतिविधिले समग्र अर्थतन्त्रको दिशानिर्देश गर्ने भएकाले लगानीकर्तालाई यतिबेला ‘पर्ख र हेर’ को स्थितिमा पुर्याएको एकथरीको भनाइ छ भने अर्कोथरीले वामपन्थी पुँजी बजारको विरोधी हुन्। मुलुकमा वाम गठबन्धनको बहुमत आएको सन्दर्भमा पुँजी बजारका लगानीकर्ताहरू त्रसित बनेकोे व्याख्या पनि गर्दै आएको अवस्था छ।

शेयर बजारमा देखिएको संकटको बादल राजनीतिक कारणमात्रै होइन आर्थिक कारण पनि त्यत्तिकै महत्वपूर्ण रहेको आर्थिक क्षेत्रका पण्डितहरूको विश्लेषण छ। बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजी (तरलता) अभाव हुँदै गर्दा ऋणको ब्याजदर वृद्धि हुनु, सरकारको पुँजीगत खर्च न्यून हुनु, शेयर बजारका पुराना एवं अनुभवी खेलाडीले पलायन हुनु, बोनस, हकप्रदजस्ता लाभांश सुरक्षित गरी शेयर बिक्री गर्ने चलन तथा बीमा र लघुवित्तजस्ता समूहमा लगानीकर्ताको बढी आकर्षण देखिनु पनि यति बेलाको नकारात्मक परिदृश्यका कारकमध्ये हुन्।

नेपालको पुँजी बजारलाई नजिकबाट नियालिरहेका पुँजी बजारका प्राविधिक विश्लेषक विष्णु बस्यालको भनाइमा एलियट थ्युरीमा बजारको सेन्टिमेन्ट तथा साइकोलोजीलाई अनुमान गर्ने गरिन्छ। बस्यालले नेपालको पुँजी बजारलाई विश्लेषण गर्दै भन्नुभएको छ– ‘कुनै पनि देशको पुँजी बजार एक रिपिटेड प्याटर्नमा नै चलेको हुन्छ र एउटा सेन्टिमेन्टको हाई तथा लो बनाउने समय हुन्छ।’

नेपालको सन्दर्भमा सन् २०१६ जुलाईतिर नेप्से परिसूचक इतिहासकै सबैभन्दा बढी १८८० को तहमा पुगेको थियो। नेप्से परिसूचक घटेर पुनः सानो बुल बाउन्स लिने प्रयास गर्यो। त्यसबेला उपसूचकहरू बीमा तथा विकास बैंकले अगस्ट २०१६ को उचाइलाई ब्रेक गर्न सफल भयो। नेप्सको प्रमुख सूचक बैंकिङले भने पुरानो उचाइ ब्रेक गर्न नसकेको बस्यालको बुझाइ छ। बस्यालका अनुसार अहिले यही एलियट वेभको आधारमा बजारलाई हेर्दा २०१२ बाट चलेको मार्केटको सेन्टिमेन्ट पिकले अगस्ट २०१६ र अगस्ट २०१७ ले नेप्से १६७० को तहमा अर्को पिक बनायो। नेप्सेले बनाएको १६७० को तहलाई हेर्दा बीमा तथा विकास बैंक समूहले उचाई छोएको थियो।

एलियट वेभमा धेरै डिग्री हुने गर्दछ, प्राइमरी डिग्रीको वेब–१ लाई काउन्ट गर्ने हो भने १ हजार ६ सय ७० पूरा भएको देखिन्छ। अब यसको करेक्सनको पाटोलाई फिबोनेकी रिट्रेसमेन्टको आधारमा करिब १२ सयको तह ३८ दशमलव २ प्रतिशत करेक्सन आउने गर्छ। त्यस्तै ११ सयको तह ५० प्रतिशत भने ९ सय हाराहारीमा ६१ दशमलव ८ प्रतिशत आउने देखिन्छ। यसलाई आधार लिएर वेब–२ हो, जुन वेब–१ पछि आउने करेक्सन मानिन्छ र फिबोनेकी रिट्रेसमेन्टको ६१ दशमलव १ प्रतिशत हुन्छ। यसलाई गोल्डेन रेसियो पनि मानिने बस्यालले सञ्चारमाध्यममा गरेको
विश्लेषण हो।

बस्यालले उल्लेखित आधारमा विश्लेषण गर्दै नेप्से परिसूचक करिब १ वर्षको अवधिमा १ हजारसम्मको तह पुग्ने सक्ने सम्भावना देखेका छन्। यद्यपि, यो बीचमा बजार लगातार तलमाथि भई राख्नेछ। अहिले तत्काल हेर्ने हो भने अल्पकालीनरूपमा १ हजार ४ सय वा १ हजार ४ सय २० को हाराहारीमा बजारले बाउन्स लिने सम्भावना छ, १ वर्षसम्म बजार ‘वियरिस मोड’ हुने बस्यालको भनाइ छ।
बजारको समग्र परिदृश्यलाई हेर्दा सन् २०१८ को अन्त्यदेखि बजारले बुलिस ट्रेन्ड लिँदै सन् २०२४ सम्म ६ हजारसम्मको इन्डेक्समा पुग्ने सम्भावना देखिएको बस्यालको विश्लेषण छ।

बैंक तथा वित्तीय संस्थामा अहिले लगानीयोग्य पुँजी (तरलता) को अभाव देखिएकाले यसको समाधान नभएसम्म तत्काल बजार सुधार हुने अवस्था नरहेको नेपाल धितोपत्रका जानकारको भनाइ छ। तरलता संकटले ब्याजदर बढ्यो र यसको असर नेपाली पुँजी बजारमा देखियो। तरलता र पुँजी बजारको सधंै, नकारात्मक सम्बन्ध हुन्छ। साथै सूचीकृत कम्पनीको बुक क्लोजको सिजन भएकाले पनि त्यसको प्रभाव नेप्सेमा
देखिएको हो।

कतिपय लगानीकर्ताले बजार अस्थिर हुनुमा ब्रोकेजको सेवा विस्तार नहुनु प्रमुख रहेको मानेका छन्। जबसम्म ब्रोकरहरूको क्षमता विस्तार हुँदैन तबसम्म बजार अस्थिर नै रहने उनीहरूको भनाइ छ। बजारको विकासका लागि प्रविधिमैत्री बनाउनुपर्ने, अनलाइन ट्रेडिङ छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउनुपर्ने तर्क गरेका छन्। पुँजी बजारमा आउने विभिन्न हल्लाले थप बजार घटाएको लगानीकर्ताको आरोप छ।
पुँजी बजारमा देखिएको संकटको बादल हटाउनका निम्ति नयाँ बन्ने सरकारको ल्याउने नीतिमा निर्भर हुने सरोकारवालाहरूको दाबी छ। नयाँ सरकार गठनपछि पुँजी बजारको भविष्य तय हुनेछ। त्यस्तै बजारमा बारम्बार उठ्दै आएको भ्याटको विषयले बजार नकारात्मक हुन सहयोग पुगेको छ, यो विषयलाई टुंग्याउनुपर्ने आवश्यकता छ। राजनीतिक स्थिरता कायम भएपछि बजारमा केही मात्रामा सकारात्मक असर देखिए पनि यसको असर भने २/३ वर्षसम्मै पर्ने जानकारहरूको दाबी छ।

नेपाल इन्भेस्टर्स फोरमले भने बैंकहरूलाई ब्रोकर लाइसेन्स, मार्जिन कर्जा र मार्जिन कल, मार्जिन कर्जाको ब्याजदर, हकप्रद र बोनसमा मार्जिन गणना गर्ने विधि पछिल्लो धितोपत्र बजारको समस्या समाधानको उपायका रूपमा देखेको छ।

फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलका अनुसार शेयर बजारलाई व्यवस्थित गर्न कार्यक्षेत्र विस्तार गर्ने, बैंकलाई ब्रोकरेज सेवाको अवसर दिनुपर्ने, शेयर कर्जालाई बैंक तथा वित्तीय संस्थाले लगानीको एउटा क्षेत्रको रूपमा लिनुपर्ने, शेयर कर्जालाई अतिरिक्त तरलता व्यवस्थापन गर्ने क्षेत्रको रूपमा नलिई लगानीको सुरक्षित तथा पुँजी निर्माणको आधार क्षेत्रको रूपमा लिनुपर्ने भएको छ।
ऋण लिएपछि सूचीकृत कम्पनीले प्रदान गर्ने बोनस तथा हकप्रद शेयर रोक्का नै रहेको अवस्थामा मूल्यांकनको आधार बुक क्लोज हुने दिन कायम रहेको मूल्यलाई मानी सोहीअनुसार मात्र मार्जिन कल गर्नुपर्ने, मार्जिन कर्जाको सीमा बढाउनुपर्ने पनि फोरमले जनाएको छ।

जसका जे तर्क भए पनि यतिबेला नेपालको पुँजी बजारमा समस्या उब्जिएको छ, तीन तहको निर्वाचन सम्पन्न भएपछि राजनीतिले आफ्नो कोर्स पूरा गरी अब आर्थिक क्षेत्रले आफ्नो यात्रा प्रारम्भ गर्नेछ भन्ने जुन विश्वास थियो। त्यसलाई एकपटक फेरि भावनामा होइन यथार्थमा अर्थात् आर्थिक सूचकका आधारमा विश्लेषण गर्नुपर्ने भएको छ। साथसाथै शेयर बजार हल्लाका पछाडि दौड्ने क्षेत्र क्षेत्र होइन, आर्थिक सूचकहरूलाई विश्लेषण गरी लगानी क्षेत्र हो भन्ने विषयमा पनि आम लगानीकर्तालाई जागरुक बनाउनुपर्ने अहिलेको आवश्यकता हो।

मुलुक अहिले संघीयता कार्यान्वयनको तहमा छ, राज्यको ठूलो स्रोत यसको व्यवस्थापनमा खर्चिनुपर्ने अवस्था रहेकाले पुँजी बजारमा देखिएको अहिले स्थितिलाई अब बन्ने सरकारले शुरूमा नै सम्बोधन गर्नुपर्छ। कम्युनिस्टहरू शेयर बजारलाई जुवाको खेल भन्छन् भन्ने जुन छाप छ, त्यसलाई मेट्दै आर्थिक समृद्धिको माध्यम पुँजी बजार हुन सक्छ भन्ने बोध गराउनुपर्नेछ।

पुँजी बजारमा प्रवेश गरेका युवा, गृहिणी, साना र नयाँ लगानीकर्ताका निम्ति अहिलेको स्थिति शुभ संकेत अवश्य होइन, छोटो अवधिमा धेरै अंकको गिरावट आएकाले अब यो पुरानै लयमा फर्किनका निम्ति विभिन्न ‘फ्याक्टर’ को महङ्खवपूर्ण भूमिका रहन्छ, तत्काल यसको सम्भावना न्यून देखिन्छ।

प्रतिक्रिया दिनुहोस्