शक्तिशाली भूकम्प



टेगुसिगाल्पा, (एजेन्सी)
होन्डुरस र केम्यान आइल्यान्डबीचको सामुद्रिक तट क्यारेबियन सागरमा मंगलबार राति ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प आएको जनाइएको छ। उक्त भूकम्पको धक्का त्यस क्षेत्रमा पर्ने देशहरूमा महसुस गरिएको र त्यहाँका नागरिकलाई सम्भावित सुनामीको चेतावनी जारी गरिएको छ। जमिनमा कुनै गम्भीर क्षति पुगेको समाचार भने तत्काल आएको छैन। भूकम्पको धक्का धेरैजसो मध्य अमेरिकी मुलुकमा महसुस गरिएको र पूर्वी होन्डुरसको आलोन्चो र उत्तरी तटीय कोलोन तथा अटलान्टिडा प्रान्तमा केही घर चर्केको समाचार प्राप्त भएको होन्डुरसका अधिकारीहरूले बताए।

प्रतिक्रिया दिनुहोस्