बल प्रयोग हुने



ट्युनिसया, (एजेन्सी)
बजार भाउ वृद्धिविरुद्ध सडकमा चलेको प्रदर्शनले हिंसात्मक रूप लिन थालेपछि ट्युनिसियाका प्रधानमन्त्रीले दंगाबाजमाथि बल प्रयोग गरिने जनाएका छन्। उक्त हिंसात्मक प्रदर्शनका क्रममा एकजना ४५ वर्षीय व्यक्तिको मृत्यु हुनाको साथै सीमा क्षेत्रमा पनि अस्थिरता फैलिने सम्भावना बढेको छ। ट्युनिसियामा बाटोमा फलफूल बेच्ने एक व्यक्तिले गरिबीबाट वाक्क भएर आत्मदाह गरेपछि भयानक अरब वसन्त क्रान्ति शुरू भएको थियो। फलतः लिबियाका गद्दाफी र इजिप्टका होस्नी मुबारकलगायत थुप्रैको सत्ता ढलेको थियो। प्रदर्शनका क्रममा दर्जनौं पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस्