आनको नेतृत्वमा रिजाल



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल विज्ञापन संघ (आन)को १८औं वार्षिक साधारणसभा बिहीबार हुँदै छ। साधारण सभाबाट संघको आगामी तीन वर्षको लागि नयाँ कार्यसमितिको चयन हुनेछ। जसका लागि अध्यक्षमा रवीन्द्रकुमार रिजाल (शशी), वरिष्ठ उपाध्यक्षमा सोमप्रसाद धिताल, प्रथम उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिवमा राजु कुइँकेल, सहकोषाध्यक्षमा पंकज प्रधान र छ जना कार्यसमिति सदस्यमा रोशन प्रसाई, रमेश पुरी, विशालपुरुष ढकाल, अरूणकाजी स्थापित, किरण गैरे र सन्तोष खड्का, सर्वसम्मतभई सक्नु भएको छ

कोषाध्यक्षमा पिताम्बर पोखरेल (विजय) र यमुना पौडेल (प्रतिमा) साथै सचिवमा कृष्णप्रसाद घिमिरे र शालिकराम घिमिरे बीच प्रतिस्पर्धा हुने भएको छ।

नयाँ कार्यसमिति चयन भएपश्चात् नेपाल विज्ञापन संघले नवीनतम् कार्य दिशा अवलम्बन गर्दै विज्ञाप न व्यवसायलाई अझ मर्यादित उद्योगको रूपमा स्थापित गर्नुपर्ने दायित्व रहने संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्