विवाहमा सरिक युवा पक्राउ



रियाद, (एजेन्सी)
साउदी अरेबियामा गतहप्ता समलिंगी विवाहमा देखिएका कैयौं युवालाई गिरफ्तार गरिएको प्रहरीले बताएको छ। उक्त भिडियोमा दुई पुरुषसँगै कार्पेटमा हिँडिरेको र उनीहरूमाथि फूल बर्साइरहेको देखिएको थियो। ती दुईमध्ये एकले दुलहीको पोसाक लगाएको थियो। उक्त विवाहमा सहभागी युवाहरूलाई पक्राउ गरेपछि अदालतमा पठाइएको बताइएको छ।

अहिलेसम्म युवाहरूको पहिचान सार्वजनिक गरिएको छैन र उनीहरूमाथि लगाइएको आरोपका बारेमा पनि खुलाइएको छैन। साउदीमा समलिंगीलाई लिएर कुनै लिखित कानुन छैन। तर त्यसलाई बाहिर यौन सम्पर्क राखेको वा अनैतिक सम्बन्ध बनाएको कानुनभित्र राख्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्