सागर र स्नेहाको भिडियो रोमान्स



नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको लोकप्रिय हाँस्य टेलीशृंखला भद्रगोलका चर्चित हाँस्यकलाकार सागर लम्साल (बले) ले रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ।

सागरले मोडल स्नेहा पौडेलसँग रोमान्स गरेको भिडियो सार्वजनिक भएको हो। उनले एउटा नयाँ गीतको म्युजिक भिडियोका लागि स्नेहासँग रोमान्स गरेका हुन्। सोही भिडियो सार्वजनिक भएको हो। लोक गायिका मञ्जु पौडेलका चर्चित तिमी लाइटर म भाको चुरोटबाट मोडलिङ करिअरको शुरुआत गरेकी स्नेहा पछिल्लो समय योर स्टाइल टीभीले बनाएको वेबसिरिज हाम्रो हाइस्कुलमा पनि देखिएकी थिइन्।

धु्रव विस्को र सरु गौतमको स्वर रहेको गीतमा भीम बीसीको शब्द तथा संगीत रहेको छ। बाबु प्रधानको संगीत संयोजनमा तयार भएको गीतको भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ। उत्सव दाहालको छायांकन रहेको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्।। पुल्चोक क्याम्पस र गौशालाको राममन्दिरमा छायांकन गरिएको गीतको भिडियोमा कुमार कट्वालको निर्माण तथा युवराज वाइवाको निर्देशन छ।

प्रतिक्रिया दिनुहोस्