दुर्घटना न्यूनिकरणको लागि सडकमा राखियो कन्भेक्स मिरर



घाँटी तन्काई तन्काई विपरित दिशावाट आएका सवारी हेर्नुपर्ने समस्या हट्योः चालक

 

सिर्जना पन्त, बागलुङ ।

दुर्घटनाको सम्भावना भएका स्थानहरुमा कन्भेक्स मिरर राखेपछि घाँटी तन्काई तन्काई विपरित दिशाबाट सवारी आए नआएको हेरेर मात्र अगाडी बढनुपर्ने समस्या समधान भएको सवारी चालक दिपेन्द्र केसीले बताउँनुभएको छ ।

बागलुङ पोखरा सडक खण्ड अन्र्तगत बागलुङ र पर्वतका सडक दुर्घटनाको सम्भावना भएका विभिन्न स्थानहरुमा सडक डिभिजन कार्यालय बागलुङले ट्राफिक सूरक्षा कार्यक्रम अन्र्तगत कन्भेक्स मिरर राख्ने, घुम्ती काट्ने, ट्राफिक सचेतनाका चिन्हहरु राख्ने र प्रर्खाल निर्माण गर्ने काम गरेसंगै सवारी चलाउँदा पहिलेभन्दा बढी सुरक्षाको अनुभुति हुन थालेको बताउँनुभएको छ ।

अर्का सवारी चालक खगेन्द्र थापाले सडक डिभिजन कार्यालयले मिरर राखेको भएपनि स्थान छनोट गर्दा थप ध्यायन दिनुपर्ने बताउँनभएको छ । उहाँले कार्यालयले गरेको काम प्रशम्सनिय भएपनि प्राविधिक रुपमा थप अध्यायन गरेर मिररहरु उपयुक्त ठाउँमा राख्नुपर्ने बताउँनुभयो ।

सडक डिभिजन कार्यालय बागलुङले बागलुङ र पर्वत सडक खण्डमा ट्राफिक प्रहरी संग सहकार्य गरेर दुर्घटना सम्भाव्यता भएका ४० स्थानमा कन्भेक्स मिरर राखिएको छ । २०७३ फागुन मा टेन्डर आव्हन गरेर सुरु गरिएको ट्राफिक सुरक्षा परियोजना अन्र्तगत कार्यालयले १९ लाख ८३ हजार लागतमा कन्भेक्स मिरर राख्ने, घुम्ती काट्ने, ट्राफिक सचेतनाका चिन्हहरु राख्ने र प्रर्खाल निर्माण गर्ने काम सम्पन्न गरेको छ ।

त्रिशक्ती तिलक जि.वी बागलुङ ले १ लाख ४० हजारमा ४० वटा कन्भेक्स मिरर, ७ लाख १० हजारमा घुम्ती काट्ने, १ लाख २६ हजारमा ट्राफिक सचेतना संकेत राख्ने र ९ लाख १० हजारमा प्रर्खाल निर्माण गर्ने काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय बागलुङका सब इन्जीनियर दिपक राज पौडेलले बताउँनुभयो । पौडेलले बागलुङ र पर्वतको ट्राफिक प्रहरीसंग सहकार्य गरेर मिररको सुरक्षा व्यवस्था मिलाउन आग्रह गरिएको बताउँनुभएको छ । उहाँले पर्वतमा २१ र बागलुङमा ९ गरी दुवै जिल्लाका अति सम्बेदनशिल स्थानहरुमा मिरर राखिएको भएपनि प्राविधिक रुपमा कुनै स्थानमा नमिलेको गुनासो आएको हुनाले छिट्ै स्थान परिर्वतन गरिने बताउँनुभएको छ ।

जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख छबबहादुर घर्तीले कन्भेक्स मिररले दुर्घटना न्युनिकरणमा मात्र नभएर सवारी चालकहरुलाई समेत सचेत भएर सवारी चलाउँने बतावरण बनाउँनको लागि मद्धत मिल्ने बताउँनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्