कालोबजारी गर्ने चार जना भारतीय पक्राउ



काठमाडौं, (नेस)
म्याद सकिएका खाने तेलका प्याकेट जर्किनमा खन्याएर आफैंले पेलेको तेल भन्दै बेच्ने चार जना भारतीय नागरिक मंगलबार चावहिलबाट पक्राउ परेका छन्।

मंगलबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा भारतीय नागरिक राजेश चौरासियाको कवाडी पसलबाट म्याद नाघेको र खान अयोग्य तेल बिक्री वितरण गरेको पाइएको हो। अनुगमनपछि विभागले राजेश चौरासियासहित तेल बिक्रीकर्ता सरिता चौरासिया, खरिदकर्ता बालेश्वर साह र राम सहोरतलाई पक्राउ गरी महानगरीय प्रहरी वित्त गौशालालाई बुझाएको छ।

म्याद गुज्रिएका खानेतेल प्याकेट भाँडोमा खन्याएर बेच्ने गरेको प्राप्त उजुरीका आधारमा विभागले अनुगमन गरेको थियो। अनुगमनका क्रममा ८० लिटर तेल भाँडोमा खनाइएको भेटिएको विभागका पंवक्ता लक्ष्मण श्रेष्ठले बताउनुभयो। व्याच नम्बर, उत्पादन मिति, उपभोग्य मिति लगायत लेवलमा खुलाउनु पर्ने विवरणहरू मेटिएका पुरानो बिगुल, उत्तम, गंगा लगायत विभिन्न ब्राण्डका खाने तेलहरू प्याकेटबाट जर्किनमा खन्याई विक्रि वितरण गरेको पाइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो।

पक्राउ परेका चारैजनालाई कालो बजार तथा अन्य केहि सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप सजाय ऐन, २०३२ बमोजिम थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्