गल्तीवश आगलागी



रेडिङ, (एजेन्सी)
अमेरिकाको उत्तरी क्यालिफोर्नियाको रेडिङ शहरमा एकजना पुरुषको गल्तीका कारण एउटा अपार्टमेन्टमा आगलागी भएको अमेरिकी सञ्चार माध्यमले जनाएको छ। सोही फ्ल्याटमा बसोबास गर्दै आएका एकजना प्रत्यक्षदर्शीले उनले एउटा ठूलो माकुरालाई जिउँदै जलाउन खोज्दा सो दुर्घटना घटेको जानकारी एउटा स्थानीय अखबारलाई दिएका छन्। तर सो आगलागीमा माकुरा मर्यो वा मरेन भन्ने पुष्टि हुन सकेको छैन। यस घटनामा कसैलाई चोटपटक नलागे पनि सो अपार्टमेन्टमा रहेका सम्पूर्ण व्यक्तिलाई तत्काल त्यहाँबाट अन्यत्र लगिएको प्रहरीले जनाएको छ। अग्निनियन्त्रकहरूले भने ब्लोटर्चबाट आगो लागेको अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्