इजरायली हवाई आक्रमण



दमास्कस, (एजेन्सी)
इजरायली सेनाले रातभरि सिरियाली इलाकामा हवाई आक्रमण तथा रकेट प्रहार गर्दा एउटा सैन्य अड्डानजिकै क्षति पुगेको सिरियाली सेनाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरेको छ। सन् २०११ मा सिरियामा द्वन्द्व शुरू भएपछि इजरायली सेनाले सिरियाली सेना र हेज्बुल्लाहमाथि आक्रमण गर्दै आइरहेको छ। इजरायली सेनाले उत्तरपूर्वी दमास्कसको कुटायफेहमा गरेको हवाई आक्रमणको प्रतिकारमा सिरियाली सेनाले उसका विमानमध्ये एउटालाई प्रहार गरेको जनाएको छ। सिरियाली हवाई प्रतिरक्षाले एउटा रकेटलाई बीचैमा ध्वस्त पारेको तर अन्य कयौं रकेट एक सैन्य अड्डानजिक प्रहार भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्