स्पेस एक्स असफल



केप क्यान्वेरल, (एजेन्सी)
स्पेस एक्सको पछिल्लो रकेट प्रक्षेपण सफल भए पनि यसले आफ्नो उद्देश्य पूरा गर्न भने असफल रहेको देखियो। उक्त रकेटले बोकेको अमेरिकी सरकारको अन्त्यन्त गोप्य जासुसी भूउपग्रह जुमालाई कक्षमा छोड्न नसकेपछि गुमेको बताइएको छ। फाल्कन ९ रकेटले पहिलो चरण पूरा गर्दै दास्रो चरणमा उक्त भू–उपग्रहलाई अलग्याउन नसकेपछि गुम्न पुगेको हो। उक्त भू–उपग्रह अन्तरिक्षमा पुगेपछि रकेटबाट छुट्टिन नसक्दा पृथ्वीको वायुमण्डल हुँदै खसेको हुनसक्ने डब्ल्यूएसजेले जनाएको छ। पृथ्वीमा खस्ने क्रममा यो भू–उपग्रह जलेको हुनसक्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्