विपाशाको खुसीदेखि असफल प्रेमसम्म



बलिउड नायिका विपाशा वासुले आइतबार आफ्नो ३९औं जन्मदिन मनाइन्। सन् १९७९ मा दिल्लीमा एक बंगाली परिवारमा जन्मेकी उनले आफ्नो पति तथा नायक करण सिंह ग्रोवरकासाथ मिलेर केक काटिन्। आफ्नो बर्थडे सेलिब्रेसनको केही फोटो तथा भिडियो उनले सामाजिक सञ्जालमा साझा गरेकी छिन्।

तर, एक समय यस्तो थियो कि उनी करण होइन नायक जोन अब्राहमसँग प्रेममा थिइन्। यहाँसम्म कि यो सम्बन्धमा जोन तथा विपाशा दुवै खुसी थिए र विवाहसम्म गर्नेवाला थिए। तर, जोनको एक गल्तीका कारण उनीहरूको सम्बन्ध सदाका लागि अन्त्य भएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार जोन र विपाशा फिल्म जिस्ममा काम गर्ने बेलामा नजिक भएका थिए। उनीहरूले ९ वर्षसम्म डेट गरे, यतिमात्र होइन कि उनीहरू लिभ इन टुगेदरमा पनि रहे। तर, २०१४ मा जोनले गल्तीवश एक ट्विट गरेका थिए। जसपश्चात् उनीहरूको सम्बन्धको अन्त्य भएको थियो। नयाँ वर्षमा शेयर गरिएको उक्त ट्विटमा जोनले खुसी व्यक्त गर्दै लेखेका थिए– ‘तिमी र तिम्रो सबै प्रिय मानिसलाई नयाँ सालको शुभकामना। यो वर्ष तिम्रो जीवनमा धेरै खुसी आओस्। लभ जोन एन्ड प्रिया अब्राहम।’

यस ट्विटमा उनले आफ्नी एक अर्की एनआरआई प्रेमीका प्रिया रुचालको बारेमा खुलाएका थिए। यसको मतलब उनी विपाशाको अलावा प्रियासँग पनि डेट गरिरहेका थिए। यसैबीच जोनले प्रियासँग विवाह गरेको खबर आयो। जोनको ट्विट देखेर विपाशालाई जुन व्यक्तिलाई उनी माया गर्थिन्, त्यो व्यक्ति अरू कसैलाई नै चाहन्छ भन्ने कुरा विश्वास गर्न गाह्रो भइरहेको थियो। विपाशाले एक अन्तर्वार्तामा भनेकी थिइन्– ‘जोनको मसँगको सम्बन्ध अन्त्य भइसक्यो भन्ने कुरा विश्वास गर्न धेरै महिना लागेको थियो। मैले आफ्नो प्रेमका लागि अरू मानिससँग भेट्न छोडिसकेको थिएँ। म केवल जोनलाई नै समय दिन्थें। यहाँसम्म कि मैले फिल्ममा पनि काम गर्न बन्द गरेको थिएँ। तर, एक दिन सबै सकियो, मलाई यो चोटबाट निस्किन धेरै महिना लागेको थियो।’

जोनसँगको ब्रेकअपपछि विपाशा नायक हरमन बवेजासँग डेटमा छिन् भन्ने हल्ला चलेको थियो। तर, पछि फिल्म अलोनको सेटमा उनको भेट नायक करणसिंह ग्रोवरसँग भयो। सुटिङका दौरान उनीभन्दा ३ वर्षले कान्छा करणसँग उनी नजिक भइन्। करिब १ वर्षको डेटिङपश्चात् सन् २०१६ मा उनले बंगाली रीति–रिवाजअनुसार करणसँग विवाह गरिन्। करणको तेस्रो पत्नीका रूपमा भित्रिएकी उनी हाल फिल्मी दुनियाँबाट भने टाढा छिन्।

प्रतिक्रिया दिनुहोस्