वकिलले बुहारीमाथि बलात्कारको प्रयास गरेको आरोप



कृष्णउदास खनाल, वीरगन्ज । महिला आयोगकी पूर्व अध्यक्ष समेत रहेकी शेष चांद ताराका पति एवम् वीरगन्जका एक जना अधिवक्ता मन्सुरबाबु सिद्दकी कि बुहारीले आफुउपर उनले पटक पटक बलात्कारको प्रयास गरेको आरोप लगाउदै प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।

सिद्दकीले धर्म परिवर्तन गराई हिन्दुबाट मुस्लिम बनाउदै धर्म छोरा बनाएका वीरगन्ज १३ राधेमाई बस्ने २८ बर्षे युवककी श्रीमती रहेकी १८ बर्षे किशोरीले जबरजस्ती करणी गर्न प्रयास गरेको अभियोगमा मुद्दा चलाउन माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सालाई जाहेरी दिएकी हुन् ।

वीरगन्ज महानगरपालिका – १३ राधेमाईमा डेरामा बस्दै आएका अधिवक्ता मन्सुरेले पर्सा जिल्लाको धोबिनी घर भएका विकास पटेललाई धर्म परिवर्तन गराई विकाउ मियाँ नामाकरण गरी छोरा मानेका छन्। विकाउको यसअघि बिहे असफल हुदै श्रीमतीसंग सम्बन्ध बिच्छेद भइसकेको छ। उनले दोस्रो श्रीमतिको रुपमा कलैया कि १८ बर्षे किशोरीलाई मुस्लिम परम्परा अनुसार विवाह गरेको र उनले नै प्रहरीलाई उजुरी दिएकी हुन् ।

‘सुसुरा माहापापी छ, श्रीमानलाई घर बाहिर बाहिर राख्ने र मलाई अँगालो हाल्ने, ओछ्यानमा पछार्ने र जबरजस्ती गर्ने खोज्ने गर्दा मैले नमानेपछि सासुले मलाई कुटेकी थिइन्,’ जाहेरीकर्ता किशोरीले भनिन्, ‘मेरो सासुको दोस्रो श्रीमान हुन मन्सुर र मन्सुरको दोस्रो श्रीमती हुन् मेरो सासु। उनले भनिन्मं ‘संग नाजायज सम्बन्ध गराउने दबाव सासुले नै राखेपछि मैले घरबाट भागेर मेरो बाबुको मामाघर गहवामा लुकेको थिएँ।’

यद्यपी किशोरीद्धारा आरोप लगाएका सिद्दिकीले भने आफ्नो बाबुको इशारामा पैसा हत्याउने उद्देश्यले गलत आरोपहरु उनले लगाएको बताए। यसअघि गत पुस १८ मा ति किशोरी श्रीमानको घरभित्रै असुरक्षित भएको सूचना पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरले घरबाट पुरै परिवारलाई झिकाई लामो सोधपुछपछि फिर्ता पठाएको थियो।

त्यही राति किशोरी भागेको परिवारले जनाएको छ। किशोरीले लगाएको आरोपलाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्