माओवादी–एमाले एकता संयोजन समितिको बैठक सुरु



मधुसुदन रायमाझी, काठमाडौं ।
नेकपा माओवादी केन्द्र र एमालेको एकता संयोजन समितिको बैठक सुरू भएको छ ।

बैठक एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा सुरू भएको हो । बैठकमा एमालेको तर्फबाट ओलीका अलावा बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र ईश्वर पोखरेल सहभागी छन्।

माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बरिष्ठ नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सहभागी भएका छन्।

प्रतिक्रिया दिनुहोस्