सर्वोच्च अदालतमा डा. केसीको बयान सुरु



नेपाल समाचारपत्र, काठमाडौँ ।
अदालतको अपहेलना मुद्दामा प्रक्राउको आदेशपछि सर्वोच्च अदालतमा उपस्थित गराइएका डा.गोविन्द केसीको बयान सुरू भएको छ। न्यायाधीश ओम प्रकाश मिश्र र केदार चालिसको संयुक्त इजलासमा उनको बयान सुरू भएको छ ।

अदालतको फैसलाको विरुद्धमा अभिव्यक्ति दिएको भन्दै उनीसँग बयान लिन थालिएको छ। बयानपछि सुरुमा डा. केसीविरुद्ध अदालतको अपहेलना मुद्दा दायर गर्नेको पक्षबाट बहस गर्ने छन्। त्यसपछि डा.केसी पक्षका अधिवक्ताहरुले बहस गर्ने सर्वोच्च स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्